काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्रिय भएर समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।
काभ्रेपलाञ्चोकबाट प्रकाशन हुँदै आएको सुसन्देश साप्ताहिकको २३औँ वर्षिकोत्सवका अवसरमा आज धुलिखेलमा आयोजित ‘डिजिटल युगमा छापा सञ्चारमाध्यमको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले खोज पत्रकारितालाई केन्द्रमा राखेर समाचार सङ्कलन र सम्प्रेषण गर्दा पत्रिकाको भविष्य सुनिश्चित हुने धारणा राखेका छन् ।
पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढ्दै गएको जनाउँदै पूर्वसभामुखसमेत रहेका सापकोटाले विशेष गरी कृत्रिम बौद्धिकता (एआई) का कारण पत्रकारहरूले खोज तथा अनुसन्धानका क्षेत्र ओझेलमा पर्ने जोखिम बढ्दै गएको बताए । एआईको मात्रै भर पर्दा गाउँगाउँका, पिछडा वर्गका नागरिकको आवाज, उनीहरूको अवस्था, राज्यले खेल्नुपर्ने भूमिकालगायत विषय ओझेलमा पर्ने उनको भनाइ छ ।
“समाजमा हत्या, हिंसा, सामाजिक विभेद्को अवस्था डरलाग्दो बन्दै गएको अवस्थामा त्यसलाई उजागर गर्दै आमनागरिकलाई जागरुक बनाउन पत्रकारको महत्त्वपूर्ण भूमिका रहन्छ”, प्रवक्ता सापकोटाले भने, “त्यसका लागि पत्रकार स्वयंले समाजमा विद्यमान विकृति, विसङ्गतिका विरुद्ध खोजी गरी कलम चलाउने, नागरिकलाई सचेत बनाउने, राज्य र सरोकार भएका निकायलाई घचघच्याउने काममा लाग्न जरुरी छ ।”
कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पछिल्लो समय पत्रकारहरू एआईको सहायतामा काम गर्न थालेकाले गाउँमा भएका सूचना नआउने अवस्थातर्फ पुग्ने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरे । स्थलगत रूपमा (रिपोर्टिङमा) खटिने पत्रकारको वर्तमान परिपेक्षमा पनि आवश्यकता रहेको उनको भनाइ छ ।
“एआईले गुगलमा भएका विषयबारे खोजेर दिने गर्दछ, तर गाउँका कुनाकाप्चामा भएका, समाचारीय मूल्य भएका विषय स्थलगत रूपमा खटेर मात्रै सङ्कलन र सम्प्रेषण गर्न सकिन्छ । तसर्थ पत्रकार थप सक्रिय भएर रिपोर्टिङमा लाग्नुपर्ने हुन्छ”, सञ्चार रजिष्ट्रार सापकोटाले भने । प्रविधिलाई उपयोग गरेर, एआईको सहयोग लिएर आफूलाई प्रविधिमैत्री बनाउन सकिने उनले धारणा राखे ।
कार्यक्रममा सङ्घीय सांसद सूर्यमान दोङ, प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपाललगायत वक्ताले सञ्चारकर्मी र सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिकाका बारेमा आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा पूर्वसभामुख सापकोटाले नेत्रवाण मिडिया प्रालिले सञ्चालनमा ल्याएको अनलाइन नेत्रवाण डटकमको शुभारम्भ गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: