Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

खेती गर्दै आएको जग्गाको लालपुर्जा पचास वर्षपछि...

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा खुसी छिन् । यसअघि रसिदको भरमा जग्गा भोग चलन गर्दै आएको अवस्थामा ५० वर्षपछि बल्ल जग्गाधनी प्रमाण पुर्जा पाउँदा धेरै खुसी लागेको उनले सुनाइन् ।

पहिलोपटक जग्गाधनी प्रमाण पुर्जा हात पर्दा वडा नं ८ का ८० वर्षीय कुलबहादुर श्रेष्ठको मुहारमा पनि हर्ष छाएको छ । विसं २०३२ मा भएको नापीका क्रममा तत्कालीन दुई गाउँपञ्चायतबीच सिमाना विवादका कारण नापजाँच रोकिएपछि उनी पुर्जा पाउनबाट वञ्चित भएका थिए। त्यसको ५० वर्षपछि आफूलगायतले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेको श्रेष्ठले बताए । 

जग्गाको भोगलचन गर्दै आए पनि आवश्यक परेको बेलामा किनबेच, व्यापार–व्यवसाय र बैङ्किङ कारोबारका लागि कुनै पनि काममा प्रयोग गर्न नपाएर समस्या व्यहोर्दै आएकामा अब चाहेको काम गर्नका लागि बाटो खुलेको भन्दे उनस् खुसी छन् । वडा नं ७ फलाँटे पीपलटारका ८२ वर्षीय गोपिकृष्ण उप्रेतीले आफूले कमाई खाइपाइ गर्दै आएको भए पनि जग्गाधनीपुर्जा आफ्नो हातमा नहुँदा निकै निराश लाग्ने गरेकामा बल्ल पुर्जा हात परेपछि खुसी लागेको बताइ । उनले भने, “पुर्जा नपाउँदा कुनै कारोबार पनि गर्न पाइएन । काम गर्न सक्ने उमेर भएको बेला पुर्जा भएको भए भैँसी पालन गरेर धेरै आम्दानी गर्न सकिन्थ्यो, त्यो बेला पाइएन । ठिकै छ ढिलै भए पनि पुर्जा पाइयो खुसी छु ।”

साबिक फलाँटे गाउँपञ्चायत हालको भुम्लु गाउँपालिका–७ फलाँटेका ७८ वर्षीय तोरणबहादुर क्षेत्रीले आफूले जस्तै अब बाँकी सबै नागरिकले पनि छिट्टै पुर्जा पाएको हेर्ने रहर सुनाए । उनका अनुसार तत्कालीन फलाँटे गाउँपञ्चायत र भुम्लुटार गाउँपञ्चायत गाभेर पीपलटार गाविस बनेको थियो । त्यही बेलामा (२०३२ सालमा) नापी सुरु हुँदा सीमाको विषयलाई लिएर दुई पक्षबिच भएको विवादका कारण लामो समयसम्म पुर्जा पाउन सकिएन । “धेरै वर्षपछि जनप्रतिनिधिको सक्रियतामा पुर्जा पाउँदा निकै खुसी लागेको छ । अब बाँकी नागरिकले पनि चाँडै पुर्जा पाए गाउँभरि नै हर्ष हुन्थ्यो”, क्षेत्रीले भने ।

भुम्लु गाउँपालिका–७ बाट १७६ र वडा नं ८ बाट २०३ जनाले पहिलोपटक जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । वडा नं ८ का वडाअध्यक्ष मोतिलाल तामाङले विगतमा विभिन्न समयमा प्रयास भए पनि विविध कारणले अगाडि नबढेको काम ०८१ सालदेखि सुरु भई हालै सम्पन्न भएको बताए ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आफूहरूको निकै मेहनतका कारण आधा शताब्दीपछि बल्ल भुम्लुका वडा नं ७ र ८ का नागरिकले जग्गाधनी प्रमाण पुर्जा पाएको बताए । “विसं २०३२ देखि पुर्जाविहीन नागरिकलाई ५० वर्षपछि पुर्जा उपलब्ध गराउन सफल भएका छौँ”, उनले भने, “यो दिन ल्याउनका लागि सबैको भूमिका उत्तिकै उल्लेखनीय रह्यो । सबैलाई धन्यावाद ।”

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा र नापी विभागका महानिर्देशक प्रकाश जोशीले तत्कालीन समयमा सीमा विवादका कारण रोकिएको काम सबैको साझा प्रयासबाट सफल भएको सुनाए । अब बाँकी नागरिकलाई पनि चाँडै पुर्जा वितरण गरिने उनीहरूको भनाइ छ । 

हालसम्म भुम्लुबाट करिब एक हजार ५०० भन्दा बढी आवेदन परेकामा करिब ४०० जग्गाधनी प्रमाण पुर्जा बनिसकेको जनाइएको छ ।  यसका लागि नापी विभागबाट यहाँ नापी कार्यालय स्थापना गरी दुई वटा टोलीमार्फत भइरहेको छ । त्यसरी अगाडि बढेको कामले पूर्णता पाएसँगै मङ्गलबार नापी विभाग र भुम्लु गाउँपालिकाको संयुक्त आयोजनामा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट त्यहाँका पुर्जाविहीन नागरिकलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । अब बाँकी काम निरन्तर जारी रहेको गाउँपालिकाले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: