कास्की। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसद्की उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति नभएको बताएको छन् ।
‘‘सरकारको प्रस्तावमा संसद्ले सभामुख, उपसभामुख गठन गर्ने हो,’’ उनले भने, “उपसभामुख हटाउने चर्चा भयो होला, तर सत्ता गठबन्धनमा सहमति भएको छैन ।”
प्रेस चैतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सत्ता गठबन्धनमा सहमति भएका उपसभामुख परिवर्तन हुने बताए।
“राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा हुँदा उहाँ (इन्दिरा राना) उपभामुख बन्नुभएहो हो,” उनले भने, “अहिले परिस्थिति फेरिएको छ, रास्वपा सरकारमा छैन, सत्ता गठबन्धनमा सहमति भयो भने उपसभाममुख परिवर्तन हुन्छ ।” उपसभामुख हटाउने चर्चा चल्दैमा आकाशै खस्ने भो जसरी नलिन उनले आग्रह गरे । उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्ने तयारी कांग्रेस र एमालेले गरे पनि अन्तिम समयमा पछि हटेको भन्ने समाचार आएका थिए ।
मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कामलाई प्रभावकारी बनाउन मन्त्रालयसँग सम्बन्धित सबै कानुनलाई संशोधन गर्न लागिएको बताए । “समय र परिस्थिति अनुसार कानुुनलाई परिमार्जित गर्नुपर्दछ”, उनले भने, “सञ्चार मन्त्रालयअन्तर्गतका सबै कानुलाई समयानुकूल परिमार्जित र संशोधन गरिनेछ ।”
अर्को प्रसङ्गमा उनले सोसल मिडियालाई सरकारले नियन्त्रण गर्न होइन नियमन गर्न खोजेको बताए। “सामाजिक सञ्जालमा देखिएको विकृति र विसङ्गतिलाई रोक्नको लागि सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक ल्याउन खोजेको हो,” उनले भने, “सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न होइन, नियमन गर्न मात्र खोजेको छ ।” उनले साइबर अपराध अहिलेको विश्वको नै चुनौतीका रुपमा देखिएको बताउँदै नेपालभित्र हुने साइबर अपराधलाई रोक्नका लागि सरकारले कानुन बनाउन लागेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: