काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको भूमि लिपुलेक हुदै भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्ने बारेमा संसदलाई जानकारी गराउँन सरकारसंग माग गरेका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा आजपा अध्यक्ष साहले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतासंग जोडिएको नेपालको लिपुलेक भुमिबारेमा चुप लाग्न नहुने बताउदै उनले यस्तो माग गरेका हुन् ।
‘नेपालको भुमि लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको भुमि हो भन्दै सरकारले दुबै देशलाई कुटनीतिक नोट पठाएको थियो । यदी कुटनीतिक पहल गर्दैगर्दा यस्तो किन सुन्नमा आयो भन्ने प्रश्न गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने, ‘हाम्रा राजदुतहरु के गरेर बसेका छन् ? ति देशका राजदुतको कार्यसम्पादन मुल्यांकन गर्ने बेला आएको छ । नेताहरुले आफ्ना आसेपासे, नातागोता, विश्वासपात्रलाई राजदुत बनाउनुहुन्छ र उहाँहरु त्यहाँ डलरको व्यापार गर्नुहुन्छ । हैनभने किन प्रगति देखिएन ?’
प्रतिपक्षमा भएको बेलामा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले ति भुभाग समस्या होइन फिर्ता ल्याउने कुरा गर्नुस भन्ने उनले स्मरण गरे । अहिले भारत र चीनको भ्रमणको कुरा सार्वजनिक भइरहेको बताउदै उनले भ्रमण पहिलो सूचीमा यो बिषय पर्छ कि पर्दैन भन्ने प्रश्न समेत साहले गरेका छन् ।
‘भ्रमणको पहिलो सूचीमा यो बिषय पर्छ की पर्दैन रु समस्याको रुपमा पर्छ कि फिर्ता लिने गरी पर्छ भन्ने म प्रश्न गर्न चाहन्छु । आज उहाँहरु नेपालमै हुनुहुन्छ (प्रधानमन्त्री र परराष्ट्रमन्त्री) र काठमाडौंमै हुनुहुन्छ । प्रधानमन्त्री पनि यही हुनुहुन्छ, परराष्ट्रमन्त्री पनि यही हुनुहुन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘यस्तो महत्वपूर्ण बिषयमा संसद र जनतालाई जानकारी गराउँनुको साटो, एकमत भएर यसको प्रतिकार गर्नुको साटो यहाँ केही फुटकर आवाज बनाएर कहाँ पुर्याउन खोज्नुभएको छ ? राजनीतिक स्टण्डले यसलाई नोक्सानी पुर्याउछ भन्ने म विशेष आग्रह गर्न चाहन्छु ।’
भौगोलिक अखण्डता र सार्वभौमिकतासंग जोडिएको यस्तो बिषयमा गम्भिर भएर अगाडी बढनुको बिकल्प नभएको उनले बताए ।
यस्तै, केही दिन अघि रौतहटको गौरमा शहाबुदिन मियाँ भन्ने एक युवाको हत्या भएको बारेमा निष्पक्ष छानबिन गर्नुपर्ने माग सरकारसंग गरेका छन् । साथै मृतकको परिवारमा समबेदना व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिनुपर्ने सरकारसंग माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: