Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

बागलुङमा विद्यार्थी भ्यान दुर्घटना: गम्भीर घाइते भएका दुईलाई पोखरा लगियो

खबरडबली संवाददाता

बागलुङ । बागलुङको गलकोट नगरपालिकामा भएको विद्यार्थी सवार भ्यान दुर्घटनामा परि दुई जना गम्भीर भएका छन् । 

विद्यार्थी बोकेर हरिचौरबाट हटियातर्फ जाँदैगरेको गलकोट बहुमुखी क्याम्पसको इभी भ्यान शुक्रबार विहान गलकोट नगरपालिका –५ जोइकुटीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको थियो । 

दुर्घटनामा सवारी चालक गलकोट नगरपालिका १ का २५ वर्षीय मोहनसिंह सुनार र विद्यार्थी गलकोट नगरपालिका –५ की १८ वर्षीया सुस्मीता विक घाइते भएका हुन् ।उनीहरुलाई उपचारका लागि पोखरा रिफर गरिएको छ । गलकोट नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक मनबहादुर कार्कीले बताए । 

दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । प्रनि कार्कीले घाइते विद्यार्थीहरु वडा ५ का १८ वर्षीया प्रमिला विक, वडा नं। ११ का १८ वर्षीय जीवन खत्री, वडा नं। ८ का १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र वडा नं। ९ का १८ वर्षीया सुनिता सापकोटाको गलकोट नगर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । घाइतेहरुको खुट्टा, हात, ढाड र मुखमा चोट लागेको छ । भ्यान सडकदेखि ७ मिटर तल खसेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३ हजार ४०६ मध्ये ८६७ उम्मेदवारले मात्रै खोले निर्वाचन खर्चको बैंक खाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...

मुग्लिन–काठमाडौं सडकखण्डमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक: कावा आयुक्त भण्डारी

मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...

विमानस्थलबाट ११ किलो बढी गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...

बाका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए, सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ: रवी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...

संसद विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ।  रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...

एपस्टिनको सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...

‘ट्राभल विकनेस’ भएपछि काठमाडौं फर्किएका थिए बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...

एमालेको झण्डा नजलाएको रास्वपाको दाबी, दोषी खोज्न माग

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE