Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

सुटकेसभित्र थुनिएको सपनाः रुवीको अधुरो जीवनकथा र समाजको मौनता

गुमनाम गाउँले
गुमनाम गाउँले

काठमाडाैं  ।   शनिबार राति रौतहटको गौर–सिर्सिया सडक खण्ड नजिकै एउटा सुटकेस देखिएको थियो । सुरुवाती आशंका थियो—भित्र बम वा कुनै विस्फोटक पदार्थ होला । राति करिब ११ बजे प्रहरीले देखेको एउटा सुटकेस, सुरुवातमा “विस्फोटक हुन सक्छ” भन्ने आशंकामा रातभर निगरानीमा राख्यो । प्रहरीको निगरानीमै रात बित्यो । तर, आइतबार बिहान सुटकेस खोलेपछि त्यहाँ भेटियो—२६ वर्षीया रुवी कुमारी साहको निसासिएको शरीर।

माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीको विवाह भारतको मुजफ्फरपुरमा भए पनि हाल गौर नगरपालिका–२ मा आमासँगै बस्दै आएकी थिइन् ।  रुवी, एक आमाको नाउँ जसको सपना चार वर्षको छोराको भविष्यसँग गाँसिएको थियो । विवाह भारतको मुजफ्फरपुरमा भए पनि, उनले छोरालाई पढाउनकै लागि गौरमा आमासँग कोठा भाडामा लिएर बस्ने गरेकी थिइन् । 

विद्यालय नजिक बसाउने, पढाइ सहज बनाउन भनी उनले कोठा भाडामा लिएकी थिइन्।   सामान्य पारिवारिक जीवन, मध्यम वर्गीय सपनाहरू, र छोराको उज्ज्वल भोलिको लागि उनले रोजेको संघर्ष। तर त्यो संघर्ष आइतबार बिहान एउटा सुटकेसभित्र समाप्त भयो । शवको प्रारम्भिक जाँचले सुटकेसभित्र राख्नुअघि उनको घाँटी सल र डोरीले कसेर हत्या गरिएको प्रहरीले बताएको छ ।  

रुवी शनिबार साँझसम्म बजारमा देखिएकी थिइन् । सामान्य दिनझैँ उनको दिन सुरु भएको थियो । तर साँझ ५ बजेपछि उनी हराइन् । हराएको खबर परिवारलाई आइतबार बिहान मात्र दिइएको थियो । तर त्यो बेलासम्म प्रहरीको हातमा आएको शव रुवीकै थियो।  उनको आमाले शव देख्नेबित्तिकै सनाखत गरिन् । आँसु र चिच्याहटसँगै उनले भनिन्—“यो मेरी छोरी हो।” त्यो पीडा कुनै शब्दले समेट्न सक्दैन।

रुवीको जीवनकथा एउटा आमाको संघर्ष हो । छोरालाई विद्यालय पठाउन, राम्रो भविष्य बनाउन उनी गौरमा बसेकी थिइन् । आफ्ना व्यक्तिगत असहजता, सम्भावित कठिनाइलाई पन्छाएर उनले छोराको उज्ज्वल भोलिको लागि रोजेको बाटो त्यति लामो भएन ।

अहिले चार वर्षको त्यो छोराले बुझ्दैन—किन आमा अचानक हराइन् ? किन आमा फर्किएर आएनन् ? उसलाई केवल यत्ति थाहा छ—आमा कहिल्यै नउठ्ने गरी निदाइरहेकी छन्।

रुवीले आफ्ना संघर्षलाई “म छोराको लागि बाँचिरहेकी छु” भन्दै आमासँग धेरैपटक दोहोर्याउँथिन् । आफ्ना सम्बन्धहरू सामान्य रहेको, पति र परिवारसँग कुनै ठूला विवाद नभएको कुरा उनका पतिले समेत बताएका छन् । तर, आइतबार बिहान जब उनी गौर पुगे, रुवीलाई भेट्न पाएनन्—शवसँग मात्र भेट भयो।

रुवीको हत्या केवल व्यक्तिगत त्रासदी होइन, यो हाम्रो समाजको सामूहिक असफलताको प्रतिबिम्ब पनि हो। नेपालमा हरेक वर्ष सयौँ महिलाहरू घरेलु हिंसा, बलात्कार वा योजनाबद्ध अपराधका शिकार हुन्छन्। तर अधिकांश घटना प्रहरीसम्म पुग्दैनन् । केही पुगेपनि अनुसन्धान र कारबाहीमा कमजोरी रहन्छ। सडकमा फ्याँकिएको शव, सुटकेसभित्र बन्द जीवन—यसले देखाउँछ कि अपराधीलाई राज्य संरचनाको डर छैन।

नेपालमा महिला हिंसालाई अझै पनि “व्यक्तिगत समस्या” का रूपमा हेर्ने सोच हावी रहेकाे छ। पीडितले न्याय माग्दा “पारिवारिक विवाद” भन्दै ढाकछोप गर्ने परम्परा अझै रहेको छ। यसले एउटा गहिरो प्रश्न उठाएको छः किन हाम्रो समाज अझै पनि महिला सुरक्षा यति कमजोर छ ?

रुवी सुटकेसभित्र भेटिएकी एक युवती मात्र होइनन् । उनी हाम्रै वरिपरिका छोरी, आमा, दिदीबहिनीहरूको प्रतिनिधि हुन्, जसको सुरक्षा अझै सुनिश्चित छैन।

के हाम्रो समाज महिलालाई अझै सुरक्षित स्थान दिन सक्षम भएको छ ?  के राज्यको संयन्त्रले पीडितलाई न्याय दिलाउन सक्छ ? र, के हामी नागरिकको हैसियतमा मौन बस्ने कि आवाज उठाउने ? भन्ने प्रश्न यस घटनाले उठाएको छ । 

आज रुवी छैनन् । तर उनको नामले एउटा प्रश्न भने जिउँदो छः कसरी हामीले आफ्ना छोरीहरूको जीवनलाई सुरक्षित बनाउन सक्छौँ ?  रुवी सुटकेसभित्र भेटिएको शव मात्र होइनन् । उनी अधुरो सपना हुन्, नपुगेको भविष्य हुन्, र हाम्रो समाजले नसोचेको प्रश्न हुन्।

यदि यो घटना पनि केवल ‘समाचार’ भएर सकिने हो भने, भोलि अर्को सुटकेसभित्र अर्को रुवी भेटिन समय ढिलाे लाग्दैन। सुटकेसभित्र राखेर सडककिनारमा फ्याँकिएको शव केवल एउटा अपराध होइन, यो हाम्रो समाजको मौन सहमतिको प्रतिविम्ब हो । रुवी मात्र होइनन्, हरेक दिन कतिपय महिला हिंसाको चपेटामा पर्छन्, तर आवाज उठ्दैन।

रुवी अब छैनन्, तर उनको ४ वर्षको छोराले भने अझै पनि आमा भनेर पुकारिरहनेछ। आमाले अझै पनि छोरीको तस्बिर अँगालोमा हालेर रुनुपर्नेछ।  रुवी सुटकेसभित्र भेटिएको एउटा शव मात्र होइनन्। उनी हरेक आमाहरूको सपना हुन्, हरेक छोरीहरूको संघर्ष हुन्, हरेक महिलाहरूको अपमानित जीवनको प्रतीक हुन्।

यो घटना हामी सबैलाई झकझक्याउने प्रश्न हो—कसरी एउटा आमाको ज्यान, एउटा छोरीको जीवन, एउटा युवतीको सपना यत्तिकै सजिलै कसेर सुटकेसभित्र थुनियो ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending