विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङमा विवाद चुलिँदै जाँदा दुई फरक समूहले आ-आफ्नो संयोजक तोकेका छन्।
शनिबार एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा बसेको अनेरास्ववियुको जिल्ला बैठकमा नेतृत्व चयनको विषयलाई लिएर तीव्र मतभेद देखिएपछि संस्थापन पक्ष र संस्थापन इतर पक्षले छुट्टाछुट्टै संयोजक घोषणा गरेका हुन्।
संस्थापन पक्षले एलिस ओझालाई संयोजक घोषणा गरे भने, विद्या पक्ष (संस्थापन इतर समूह) ले संगम कन्दङ्वालाई संयोजक बनाएको छ। बैठक अनेरास्ववियु केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज प्रीति दाहालको प्रमुख आतिथ्यमा र तत्कालीन संयोजक वीरेन्द्र घिमिरेको अध्यक्षतामा बसेको थियो।
बैठकमा संयोजक वीरेन्द्र घिमिरेको उमेर ३२ वर्ष नपुगेको प्रमाण पेश गर्न माग गरिएपछि विवाद सुरु भएको थियो। विवाद चर्किएपछि संयोजक घिमिरे बैठकबाट बाहिरिए। त्यसपछि सो समूहले उपाध्यक्ष रहेका संगम कन्दङ्वालाई संयोजक बनाउने निर्णय गरेको विद्यार्थी इन्चार्ज जोसेप घिमिरेले जानकारी दिए।
तर, घिमिरेले मङ्गलवारसम्म उमेरसम्बन्धी प्रमाण पेस गर्ने बताएको र त्यो प्रक्रिया समाप्त नहुँदै विद्या पक्षले एकतर्फी रूपमा संयोजक घोषणा गरेको आरोप लगाए। त्यसकै प्रतिक्रिया स्वरूप आफूले पनि एलिस ओझालाई संयोजक बनाएको घिमिरेले बताए।
यद्यपि एमाले मोरङका उपाध्यक्ष सागर थापाले बैठकले जसलाई संयोजक तोक्छ, त्यही निर्णय वैध हुने बताएका छन्। "संयोजकले नै संयोजक तोक्ने कुनै विधान छैन," उनले भने, "बैठकले निर्णय गर्छ र त्यसले नै अधिकारिकता निर्धारण गर्छ।"
यसअघि माघ महिनामा तत्कालीन अध्यक्ष तुलसी घिमिरे र उपाध्यक्ष रुपेश खड्काको कार्यकालमा केन्द्रीय कमिटीले सचिव वीरेन्द्र घिमिरेलाई संयोजक बनाएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: