काठमाडौं । अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्मको भन्सार शुल्क लगाएको विषयले दुई देशबीचको सम्बन्धमा तनाव सिर्जना भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतले युक्रेन युद्धको बीचमा रुसबाट कच्चा तेल किनेर अप्रत्यक्ष रुपमा रुसलाई सहयोग गरिरहेको आरोप लगाउँदै भारतमाथि २५ प्रतिशत थप भन्सार कर लगाएको हो। यससँगै कुल करदर ५० प्रतिशत पुगेको छ।
भारतले भने अमेरिकी निर्णयको तीव्र विरोध गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा भारत कुनै पनि अन्तर्राष्ट्रिय दबाबका अगाडि नझुक्ने स्पष्ट पारेका छन्।
यसैबीच, जर्मनीको प्रतिष्ठित पत्रिका फ्रान्कफर्टर अल्गमाइन चाइटुङको एक रिपोर्टमा उल्लेख गरिएको छ कि भन्सार कर लगाएपछि राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई चार पटक फोन गरेका थिए, तर मोदीले तीमध्ये कुनै पनि फोन नउठाएको दाबी गरिएको छ। यद्यपि ती फोन कहिले गरिएका थिए भन्ने जानकारी भने रिपोर्टमा दिइएको छैन।
उक्त रिपोर्टमा भारत अमेरिकासँगको सम्बन्ध चिसिएपछि चीन र रुससँगको सम्बन्ध सुधार गर्ने दिशामा लागेको उल्लेख छ। साथै, ट्रम्पले भारतलाई कृषि बजार खोल्न आग्रह गरे पनि मोदी सरकारले उक्त प्रस्ताव अस्वीकार गरेको दाबी पनि गरिएको छ।
रिपोर्ट अनुसार, अमेरिका चीनलाई पृथक गर्न भारतलाई आफ्नो पक्षमा मजबुत रूपमा उभिन आग्रह गरिरहेको छ, तर भारतले यो विषयमा सहमति नजनाएको उल्लेख गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: