सुलीकोट । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङका एक जना पुरुषमा जापनिज इन्सेफलाइटिस संक्रमण देखिएको छ ।
लामो समयदेखि चितवन बस्दै आएका पुरुष बिरामी भएपछि आफ्ना छोरा बुहारीले घरमा ल्याएर जिल्लामा उपचार गराउँदा ठिक नभएपछि चितवनको नारायणी सामुदायिक अस्पतालमा लगरे चेकजाँच गर्दा जापनिज इन्सफलाइटिस पुष्टि भएको बारपाक सुलीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिए।
पालिकामा जापनिज इन्सेफलाइटिस देखिएपछि गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । यसबाट बच्न बिभिन्न माध्यबाट पालिकाबासी समक्ष सुचना पुग्ने गरी स्वास्थ्य शाखाका कर्मचारीलाई परिचालित गरिएको पालिकाले जनाएको छ ।
जापनिज इन्सेफलाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले यो रोगको संक्रमणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माको भनाइ छ ।
लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि सक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापनिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्देन । जापनिज इन्सेफलाइटिस रोग लामखुट्टेले टोकेको ६ देखि १६ दिन सम्म रोगको लक्षण देखा पर्ने स्वास्थय कार्यालय गोरखाका प्रमुख शर्माले बताए।
यो रोग लागेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी कडा हुने, पक्षघात हुने यस रोगका लक्षण भएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माको दाबी छ । उक्त रोगबाट बच्न झुल टाँगेर सुत्न, सुँगुर हाँस र कुखरालाई घर भन्दा टाढा पाल्न, खेतबारीमा काम गर्दा लामो कपडा लगाउन र घर वरीपरीको रहेका खाल्डा खुल्टी हुन नदिने यसरोगबाट बच्ने प्रमुख उपाय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: