तेहरान । इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहुदी विरोधी आक्रमणको पछाडि तेहरानको हात रहेको भन्ने अस्ट्रेलियाको आरोपलाई मङ्गलबार खारेज गरेको छ ।
तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले गत अक्टोबरमा सिड्नीस्थित कोशेर क्याफेमा भएको आगलागी र गत डिसेम्बरमा मेलबर्नको सिनागगमा भएको ठूलो आगलागीबारे अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले तेहरानमाथि लगाउनुभएको आरोपको खण्डन गरे ।
यसै क्रममा उनले अस्ट्रेलियाले इरानी राजदूत अहमद सादेगीलाई निष्कासन गर्ने निर्णयप्रति पनि प्रतिक्रिया जनाए । “स्वाभाविक रूपमा, कूटनीतिक स्तरमा गरिने कुनै पनि अनुचित र अन्यायपूर्ण कदमले पारस्परिक प्रतिक्रिया पाउने छ । यो नयाँ विकास हो र मेरा सहकर्मीहरूले इस्लामिक गणतन्त्र इरानको औपचारिक प्रतिक्रियाबारे निर्णय गर्न मुद्दालाई विचार गरिरहेका छन्”, बाघाईले भने ।
उनले भने, “विगत दुई हप्तामा अस्ट्रेलियामा कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा भइरहेको जनहत्या विरुद्ध लाखौँको सहभागितासहित ठूला प्रदर्शन भएका छन् । साथै अस्ट्रेलियाका केही राजनीतिज्ञले पनि दुर्लभ कदम स्वरूप इजरायलका गतिविधिहरूको केही आलोचना गरेका छन् ।”
बाघाईका अनुसार इरानविरुद्ध अस्ट्रेलियाले हालै चालेको कदम ‘वास्तवमा कूटनीति र दुई देशबिचको सम्बन्धविरुद्धको कारबाही’ हो, जुन ती साना इजरायल विरोधी आलोचनाहरूको क्षतिपूर्ति गर्न गरिएको हो । प्रधानमन्त्री अल्बानिजले मङ्गलबार अस्ट्रेलियाले इरानका लागि आफ्ना राजदूत फिर्ता बोलाउने र तेहरानस्थित दूतावासको सञ्चालन स्थगित गर्ने घोषणा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: