तेहरान । इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहुदी विरोधी आक्रमणको पछाडि तेहरानको हात रहेको भन्ने अस्ट्रेलियाको आरोपलाई मङ्गलबार खारेज गरेको छ ।
तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले गत अक्टोबरमा सिड्नीस्थित कोशेर क्याफेमा भएको आगलागी र गत डिसेम्बरमा मेलबर्नको सिनागगमा भएको ठूलो आगलागीबारे अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले तेहरानमाथि लगाउनुभएको आरोपको खण्डन गरे ।
यसै क्रममा उनले अस्ट्रेलियाले इरानी राजदूत अहमद सादेगीलाई निष्कासन गर्ने निर्णयप्रति पनि प्रतिक्रिया जनाए । “स्वाभाविक रूपमा, कूटनीतिक स्तरमा गरिने कुनै पनि अनुचित र अन्यायपूर्ण कदमले पारस्परिक प्रतिक्रिया पाउने छ । यो नयाँ विकास हो र मेरा सहकर्मीहरूले इस्लामिक गणतन्त्र इरानको औपचारिक प्रतिक्रियाबारे निर्णय गर्न मुद्दालाई विचार गरिरहेका छन्”, बाघाईले भने ।
उनले भने, “विगत दुई हप्तामा अस्ट्रेलियामा कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा भइरहेको जनहत्या विरुद्ध लाखौँको सहभागितासहित ठूला प्रदर्शन भएका छन् । साथै अस्ट्रेलियाका केही राजनीतिज्ञले पनि दुर्लभ कदम स्वरूप इजरायलका गतिविधिहरूको केही आलोचना गरेका छन् ।”
बाघाईका अनुसार इरानविरुद्ध अस्ट्रेलियाले हालै चालेको कदम ‘वास्तवमा कूटनीति र दुई देशबिचको सम्बन्धविरुद्धको कारबाही’ हो, जुन ती साना इजरायल विरोधी आलोचनाहरूको क्षतिपूर्ति गर्न गरिएको हो । प्रधानमन्त्री अल्बानिजले मङ्गलबार अस्ट्रेलियाले इरानका लागि आफ्ना राजदूत फिर्ता बोलाउने र तेहरानस्थित दूतावासको सञ्चालन स्थगित गर्ने घोषणा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: