काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न माग गरेकी हुन्। उनले संसद्मा प्रतिपक्षले प्रश्न उठाउनु सरकारलाई असहयोग गर्नु नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीलाई जवाफदेही बन्न आग्रह गरिन्।
संसद्मा प्रश्न उठाउनु सरकारको घेराबन्दी नभएको बताउँदै उनले प्रतिपक्षले जवाफ माग्नु असहयोग र सरकारलाई सचेत गराउनु अपमान नभएको बताइन्।
‘प्रतिपक्षले दैनिक संसद्मा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो?’ उनले प्रश्न गरिन्।
कांग्रेस सांसद काउचाले प्रधानमन्त्रीलाई ‘एक्लै लड्नुपर्ने बाध्यता किन आयो?’ भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्।
उनले प्रधानमन्त्रीलाई आफू एक्लो नभएको भन्दै लोकतान्त्रिक मूल्य र मुलुकको हितमा चालिने सही कदममा प्रतिपक्षको साथ रहने तर संविधान, विधि, प्रक्रिया र संसदीय मर्यादा कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन नबस्ने चेतावनी दिइन्।
‘कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ,’ उनले भनिन्, ‘तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन।’
उनले प्रधानमन्त्रीसँग जोडिएका विवादास्पद अभिव्यक्तिका विषयमा समेत संसद्मा प्रश्न उठाउँदै आएकी छन्। दैनिक रूपमा संसद्मा उठिरहेको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको प्रश्नले प्रधानमन्त्रीको राजनीतिक साख कमजोर बनाइरहेको उनको दाबी छ।
संसद्को अभिलेखमा रहेको विवादास्पद अभिव्यक्ति सच्याउन सरकारलाई किन कठिनाइ भइरहेको छ भन्ने प्रश्नसमेत उनले उठाइन्।
‘गल्ती स्वीकार गर्नु कमजोर होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो,’ उनले भनिन्।
काउचाले प्रतिपक्ष प्रधानमन्त्रीलाई कमजोर बनाउन नभई उनको जवाफदेहिता र नेतृत्वको ओझ बढाउन चाहेको दाबी गरिन्।
‘प्रतिपक्ष तपाईँलाई अपमानित गर्दैन, हामी प्रधानमन्त्रीको ओझ घटाउन होइन, अझै बढाउन खोजिरहेका छौँ,’ उनले भनिन्।
कांग्रेसले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने संसदीय अभ्यासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सरकारलाई संसद्प्रति थप जवाफदेही बनाउनुपर्ने माग गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २५ गते, २०८३ - १४:०२
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...
श्रावण २५ गते, २०८३ - १३:५५
छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा
श्रावण २५ गते, २०८३ - १३:५१
काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...
श्रावण २५ गते, २०८३ - १३:४४
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...
श्रावण २५ गते, २०८३ - १३:३४
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...
श्रावण २५ गते, २०८३ - १३:३०
काठमाडाैै। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...
श्रावण २५ गते, २०८३ - १३:१२
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...
श्रावण २५ गते, २०८३ - १२:५७
काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...
श्रावण २५ गते, २०८३ - १२:५५
किसानलाई मल छैन, बिचौलियाको बिगबिगी
श्रावण २५ गते, २०८३ - १२:४८
धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...



प्रतिकृया लेख्नुहोस्: