Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

खबरडबली संवाददाता

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घोषणा गर्ने सहमति भएको छ।

मृतक मेहताको परिवार र सरकारबीच सोमबार साँझ सातबुँदे सहमति भएको हो। सहमतिअनुसार रविन्द्रलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।

गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र सांसद लालविक्रम थापाको उपस्थितिमा पीडित परिवारसँग भएको छलफलपछि सहमति जुटेको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

गत साउन १० गते देवानगञ्जमा भएको सामुदायिक तनावका क्रममा घाइते भएका रविन्द्रको साउन १९ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

रविन्द्रको परिवारसहित देवानगञ्ज गाउँपालिकाका अध्यक्ष र अन्य पीडित पक्षका प्रतिनिधि छलफलमा सहभागी थिए।

सहमतिको पहिलो बुँदामा रविन्द्रलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने उल्लेख छ। त्यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउने सहमति भएको छ।

घटनाको छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।

सहमति अनुसार देवानगञ्ज क्षेत्रमा सञ्चालनमा रहेका मदरसाका विषयमा समेत छानबिन गरिने भएको छ। घटनासँग जोडिएका विषयमा आवश्यक अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने सरकारको प्रतिबद्धता छ।

त्यस्तै, मृतक रविन्द्रका परिवारका एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने सहमति भएको छ।

सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतासँगै मृतकको शवको पोस्टमार्टम गरी हेलिकप्टरमार्फत सुनसरी लैजान परिवार तयार भएको बताइएको छ।

कप्तानगञ्जमा घटनाका क्रममा ज्यान गुमाएका तीन जनाको सम्झनामा यसै वर्ष स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारका तर्फबाट रोशनकुमार मेहताले हस्ताक्षर गरेका छन्।

सुनसरीको देवानगञ्जसहित पछिल्लो समय सुनसरी र सिरहाका विभिन्न क्षेत्रमा भएका सामुदायिक तनाव तथा झडपका घटनामा चार जनाको मृत्यु भएको बताइएको छ।

मृत्यु हुनेमा कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र मेहता र सिरहाको औरही गाउँपालिकाका गणेश यादव रहेका छन्।

सरकारसँग भएको सातबुँदे सहमतिपछि मृतक रविन्द्रको शव परिवारले बुझ्ने वातावरण बनेको छ। साथै घटनामा संलग्नमाथि छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई राहत तथा रोजगारी उपलब्ध गराउने विषय अब सरकारको कार्यान्वयनको चरणमा पुगेको छ।

sahamati

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending