Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

खबरडबली संवाददाता

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको भन्दै त्यसलाई निरन्तरता दिने बताएकी हुन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण रोक्ने सरकारको कुनै निर्णय नभएको स्पष्ट पारिन्।

उनका अनुसार नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले दुर्घटनामा गम्भीर घाइते हुने नागरिकलाई तत्काल उपचार उपलब्ध गराउन लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको हो।

मन्त्री मेहताले लहानमा ट्रमा युनिट सञ्चालन गर्ने निर्णयलाई ढल्केबरको ट्रमा सेन्टरको विकल्पका रूपमा नबुझ्न आग्रह गरिन्।

‘लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,’ उनले भनिन्, ‘नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो।’

सरकारले ढल्केबरमा दीर्घकालीन पूर्वाधार निर्माणसँगै तत्काल उपचार सेवा विस्तार गर्ने नीति लिएको उनको भनाइ छ।

मन्त्री मेहताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं लैजानुपर्ने बाध्यता अन्त्य गर्न तत्काल सेवा र दीर्घकालीन संरचना निर्माणलाई सँगसँगै अघि बढाइएको हो।

लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधारसमेत उपलब्ध रहेको उनले बताइन्।

उनका अनुसार अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा रक्तसञ्चार केन्द्रलगायत सुविधा रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न सहज हुनेछ।

‘हाम्रो उद्देश्य एउटै हो—दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,’ मन्त्री मेहताले भनिन्।

ढल्केबरमा ट्रमा सेन्टर निर्माणको माग गर्दै स्थानीयस्तरमा आन्दोलन भइरहेका बेला सरकारको यस्तो धारणा आएको हो। आन्दोलनरत पक्षले ढल्केबरमा प्रस्तावित संरचना अन्यत्र सार्न खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।

तर मन्त्री मेहताले एक स्थानमा दीर्घकालीन स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को स्थानमा तत्काल उपचार सेवा विस्तार गर्नु विरोधाभास नभएको बताइन्।

उनका अनुसार सरकारले आवश्यकताअनुसार देशका विभिन्न क्षेत्रमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने नीति लिएको छ।

ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अघि बढाउन तथा उपलब्ध पूर्वाधारबाट तत्काल नागरिकलाई सेवा दिने वातावरण बनाउन उनले जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रह गरेकी छन्।

सरकारको यो स्पष्टतासँगै ढल्केबरमा ट्रमा सेन्टर निर्माणसम्बन्धी अन्योल तत्कालका लागि हटेको छ। तर लहानमा सुरु गर्न लागिएको ट्रमा युनिटलाई अन्तरिम व्यवस्थाका रूपमा मात्रै राख्ने र ढल्केबरको दीर्घकालीन परियोजना कसरी र कहिलेसम्म अघि बढाउने भन्ने विषय भने कार्यान्वयनको चरणमा निर्भर हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुरुषले गहिरो प्रेम गर्दा देखाउने ६ व्यवहार

काठमाडौं ।माया मुखले भनिरहनुपर्ने कुरा मात्र होइन । धेरैपटक प्रेम शब्दमा भन्दा व्यवहारमा बढी देखिन्छ । विशेषगरी कतिपय पुरुष आफ्ना भावना खुलेर व्यक्त ग...

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहतालाई सहिद घोषणा गरिने, सरकारसँग भयो ७ बुँदे सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भई उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय रविन्द्र मेहतालाई सहिद घो...

लहानमा ट्रमा युनिट खोलिँदैमा ढल्केबरको योजना नरोकिने मन्त्री मेहताको दाबी

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण रोक्नुपर्ने मागसहित आन्दोलन भइरहेका बेला सरकारले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेको ...

गाग्रो बोकेर राति २ बजेदेखि हिँड्छन् गाउँले, ६ घण्टामा आउँछ एक गाग्रो पानी

काठमाडौं । रातको सन्नाटा चिर्दै गाउँमा मानिसहरू उठ्न थाल्छन् । कतै कुखुरा बासेको हुँदैन, कतै बिहानको पहिलो उज्यालो देखिएको हुँदैन । तर सल्यानको वनगाड ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

बोगोटा । पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस ...

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending