काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।
बुधबार साँझ एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलासहित काठमाडौंका केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटीका नेताहरूसँगको छलफलमा ओलीले पार्टीको नेतृत्व र भावी रणनीतिबारे स्पष्ट धारणा राख्दै भण्डारीको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाएका हुन्।
"विद्याबाहेक मलाई एमालेमा चुनौती दिने कोही छैन," भन्दै ओलीले पूर्वराष्ट्रपतिको नाम नलिए पनि स्पष्ट संकेतसहित आलोचना गरे। उनले भने, "विद्याजीलाई अध्यक्ष दिन सकिन्न, चुनाव भयो भने हार्नुहुन्छ। लालगेडी भएर पार्टी चल्दैन।"
ओलीका अनुसार विद्यादेवी भण्डारीले पार्टी नेतृत्वमा आँखा लगाएकी छन्। "उहाँले भनेकी थिइन्—‘एमाले अध्यक्षमा अब मलाई सहयोग गर्नु, तपाईं चलाउन सक्नुहुन्न।’ तर मैले भनेँ— भ्रममा नपर्नू, पार्टी चलाउन अनुभव छैन," ओलीले दाबी गरे।
पूर्वराष्ट्रपति भइसकेकी व्यक्तिले पुनः सक्रिय राजनीतिमा आउनु अशोभनीय रहेको बताउँदै ओलीले भने, "उहाँले पार्टीको पक्षमा नबोल्नेहरूलाई भेला गरेर हिँड्नु भएको छ। चक्रपथ अनलाइनमा मेरोबारेमा जथाभावी लेखाउने काम भएको छ।"
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै ओलीले भने, "ईश्वर पोखरेल कहाँ पुग्नुहुन्छ, बाटो बिराएर हिँड्नु भएन। अभागीलाई खाने बेलामा रिस उठ्छ।"
विधान र महाधिवेशनबारे पार्टीभित्र भएका टिप्पणीहरूलाई खण्डन गर्दै ओलीले कर्णबहादुर थापाले विधानबारे गलत धारणा फैलाएको दाबी गरे। "पत्रकारले पार्टी सदस्यता दिने होइन," भन्दै उनले सदस्यता विवादमा च्यासल समूहको आरोप अस्वीकार गरे।
ओलीले आफ्नो मन्तव्यमा मदन भण्डारीको नाम समेत जोड्दै विचार र सिद्धान्त बचाउनेतर्फ जोड दिए। "सेन्टिमेन्टमा गएर हुँदैन, मदन भण्डारीका विचार पवित्र हुन्, घर होइन। जबज कुनै परिवारको सम्पत्ति होइन। जबज फाउन्डेशनले बचाउने पनि होइन। जबजका नाममा पार्टीमा समस्या ल्याउने होइन," ओलीले प्रष्ट पारे।
पार्टी नेतृत्व र संगठनबारे कुरा गर्दै ओलीले भने, "विधान अधिवेशन एकताको अधिवेशन हुन्छ, अन्यथा महाधिवेशनमा हिसाब-किताब गरिन्छ।" उनले स्वास्थ्य राम्रो रहेको र उमेरको बहानामा अब नेतृत्व नछाड्ने संकेत गर्दै भने, "कार्यकाल र ७० वर्षे आवश्यकता रहेन।"
उनले रवि लामिछाने र राजेन्द्र लिङ्देनसँगको राजनीतिक सम्बन्ध पनि स्मरण गर्दै थपे, "रविलाई मैले नै बनाएको हो, लिङ्देनले झापामा जितेका छन्— हामीले सहयोग गरेका थियौं।"
ओलीको भनाइहरूबाट स्पष्ट हुन्छ कि पार्टीभित्रको अन्तरसंघर्ष र नेतृत्वको विषय अहिले पनि सतहमा छ। उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई गम्भीर रूपमा लिँदै त्यसले पार्टीमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन्।
"व्यक्ति ठूलो कुरा होइन, आन्दोलन बचाउनुपर्छ," भन्ने ओलीको भनाइबाट उनले अझै पनि आफूलाई पार्टी र आन्दोलनको केन्द्रमा देखिरहेको प्रस्ट हुन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: