Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित

खबरडबली संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग लगातार दोस्रो हार बेहोरेको छ ।

बिहीबार सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल जम्मा तीन रनले पराजित हुन बिबश भयो । बिहीबारै यसअघि सम्पन्न पहिलो खेलमा पनि नेपाल तीन विकेटले पराजित भएको थियो ।

साउथ अस्ट्रेलियाले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सबै विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रुपेशकुमार सिंहले ३७, लोकेश बमले ३२, भीम सार्कीले २९, कुशल भुर्तेलले ११ र आरिफ शेखले १० रन बनाए ।

साउथ अस्ट्रेलियाका लागि क्याम्पबेल थम्पसनले चार तथा टम मेन्जिएस, टिम ओक्ली र नोह म्याकफडेनले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको थियो ।

साउथ अस्ट्रेलियाका लागि रायन किंगले ३४, ह्यारी मनेन्टी र  ड्यानियल ड्रियुले समान २९, डाउट्जी होगनबोइजिमले १४, थोमस ब्राउनले ब्राउनले अविजित १२, ज्याक विन्टरले १२ र कप्तान म्याकेन्जी हार्वेले ११ रन बनाए ।

नेपालका लागि रुपेश सिंह, करण केसी र शाहब आलमले समान दुई तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा केन्द्रीय समिति बैठक सोमबार बस्ने, ९ वटा मुख्य एजेन्डा तय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...

शिशु आहारमा मुसाको विष भेटिएपछि...

काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...

पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...

सिमकोट-नेपालगन्जको हवाई भाडा २३ प्रतिशत भन्दाबढी वृद्धि

हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ ।  हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...

कोइराला समूहद्वारा देउवा पक्षको बैठक बहिष्कार

काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...

सुकुम्वासी उठिबासप्रति नेकपाको आपत्ति, पुनर्वासको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेक...

सञ्चार क्षेत्र मर्यादित र जिम्मेवार बन्नुपर्छ :मन्त्री तिमिल्सिना

नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर...

लेकसाइडमा प्रहरीलाई दुख दिने १६ महिला पक्राउ

कास्की। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुख दिने १६ महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी ...

बिष्णुमति खोलाको किनारमा ४ पेस्तोल र ५८ राउण्ड गोली फेला

काठमाडौं । बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल, ५८ राउण्ड गोली र सात थान म्यागजिन बरामद गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश था...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending