Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय

खबरडबली संवाददाता

महोत्तरी । “हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) जलेश्वर नगरपालिका–११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया वविता पण्डित कुम्हालले बौद्धिक अपाङ्गता भएकी छोरी ११ वर्षीया रचनालाई देखाउँदै भनिन्, “आब त हमर बेटी लिखपढसँगें कतेको चित्रसभ बनबैत अछि” (अब त हाम्री छोरी लेखपढ गर्नसँगै कैयौँ चित्र बनाउने भएकी छन्) । 

रचनामात्र होइन, जलेश्वर–८ का शारीरिक अपाङ्गता भएका सात वर्षीय प्रेम बैठा धोबी, जलेश्वर–४ सुगाका चार वर्षीया विवेक महतो, जलेश्वर–७ अन्कारका सात वर्षीय नजाबुल राइन, जलेश्वर–३ मलिवाराका छ वर्षीय साकिव अन्सारी र जलेश्वर–७ महादेवपट्टी बस्तीका १० वर्षीय वीरेन्द्र मण्डल पनि शारीरिक रूपमा अपाङ्गता भएर पनि अब लेखपढ गर्न जान्न थालेका छन् । कुनै जन्मले नै र कतिपय जीवनका विभिन्न घटनामा परी अपाङ्ग भएर घरमै कुँजिएका बालबालिकाका लागि अहिले रतौली युवा क्लबले सञ्चालन गरेको ‘घरमै विद्यालय’ कार्यक्रम वरदान भएको छ ।

क्लबले जिल्लाका जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकामा सञ्चालन गरेको यो कार्यक्रममा अहिले शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकालाई घरमै हेरचाह र पठनपाठन अभ्यास गराउँदै छ । धेरैजसो बौद्धिक अपाङ्गता भएका बोल्न नसक्ने बालबालिका अहिले नियमित अभ्यास र शिक्षकको हेरचाहले लेखपढ गर्न, चित्र कोर्न र जुडो खेल्न जान्ने भएका छन् । 

“हामीले यस्ता बालबालिकाका लागि उनीहरूकै घरमा विद्यालयको झल्को दिने शैक्षिक सामग्री र शिक्षकको व्यवस्था गरेका छौँ,” क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरी भन्छन्, “नियमित एक वर्षको देखभालले यी बालबालिका विद्यालय जान सक्ने बनाउनु हाम्रो उद्देश्य हो ।” 

सन् २०२५ जनवरीदेखि सुरु गरिएको यो कार्यक्रम आउने डिसेम्बरमा एक वर्ष पूरा हुनेछ । त्यसपछि आवश्यकतानुसार अवधि थपिने उनको भनाइ छ । यो कार्यक्रम सञ्चालन गर्न क्लबलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले आर्थिक सहयोग जुटाएको चौधरीले बताए।

यो कार्यक्रमअन्तर्गत सहयोगी शिक्षक दिनहुँ ‘घरमै विद्यालय’ का बालबालिकालालाई अभ्यास गराउन पुग्छन् । दिनहुँ चार घण्टा आफ्नो विद्यार्थीसँग बसेर उनकै अनुकूलतामा गराइने लेखन तथा वाचन अभ्यासले यस्ता बालबालिकामा निकै सुधार भएको जलेश्वर–११ पिगौनाको वनटोलवाको ‘घरमै विद्यालय’का सहयोगी शिक्षक सजनीकुमारी मण्डल बताउँछिन्।

“मैले हेरचाह गरेकी रचना त बोल्दै बोल्दिनथिन्, पछिपछि विस्तारै उनीसँगै खेल्दै बोल्दैजाँदा बल्ल लेखपढ गर्न थालिन्”, आफूले हेरचाह गरिरहेकी रचना पण्डितबारे जानकारी दिँदै सजनीले भनिन्, “अब साउँ अक्षर सबै लेख्ने भएकी छन्, चित्र कोर्नमा यिनको अभिरुचि बढेको छ ।” बोल्दैनबोल्ने छोरी अब घरका परिवारजनलाई नाता लगाएर बोलाउने र शिक्षक पढाएर फर्केपछि पनि कापी कलम लिएर चित्र कोर्ने गरेकी रचनाकी आमा वविताले खुसी हुँदै बताइन् । 

रचना अहिले लेखपढ र चित्र कोर्ने मात्र नभई व्यक्तिगत आहार व्यवहारमा पनि पोख्त बनेकी देखिन्छ । आफ्ना घर आउने जोसुकै अतिथिलाई नमस्कारको अभिवादनबाट रचना स्वागत गर्छिन् । रचनामा आएको यो परिवर्तनले पिगौनावासी चकित छन् ।

क्लबले सुरु गरेको यो कार्यक्रमलाई जिल्लाका बुद्धिजीवीले सराहना गरेका छन् । आर्थिक रूपले निकै कमजोर भएका परिवारका बालबालिकाले यो कार्यक्रमबाट शिक्षा मात्र नभएर आहार व्यवहार सिक्ने अवसर पनि पाएका राजकीय संस्कृत माध्यमिक विद्यालयका मटिहानीका प्रधानाध्यापक ईश्वरी पौडेलको प्रतिक्रिया छ । “कसैको नजर नपुगेको क्षेत्रमा यो कार्यक्रम थालिएको छ, यसको विस्तारमा अब राज्यका शैक्षिक निकायले पनि सहकार्य बढाउन आवश्यक छ”, पौडेलले भनिन् । 

यो कार्यक्रम सरकारी अवधारणालाई नै बल पुर्याउन सुरु गरिएको क्लबका कार्यक्रम प्रबन्धक पूजनारायण साहको भनाइ छ । ‘घरमै विद्यालय’ नेपाल सरकारकै अवधारणा रहेको बताउँदै साहले आफ्ना कामले यस्ता कार्यक्रम सञ्चालन गर्न राज्यका निकाय र मधेसका अन्य सङ्घसंस्थालाई उदाहरण बनेको बताए।

“यो कार्यक्रम सञ्चालन गर्न ठाउँ नै पिच्छे व्यवस्थापनमा र शिक्षकको पारिश्रमिकमा मुख्य खर्च रहेको छ”, साहले भने । अब यो कार्यक्रम स्थानीय तहले बनाउनुपर्ने साहको सुझाव छ । “अहिले त दातृसंस्थाको सहयोग छ, तर यो त केही दिनका लागि हो”, साह भन्छन्, “यसलाई जीवन्त राख्न स्थानीय तहहरूले आफ्ना कार्यक्रममा समावेश गर्नुपर्छ ।”

कार्यक्रमप्रति स्थानीय तहका जनप्रतिनिधिले पनि सकारात्मक चासो बढाएका छन् । जलेश्वर–११ का वडाध्यक्ष मनोज साहले अब बन्ने बजेट र कार्यक्रममा यो कार्यक्रम समावेश गर्न पहलकदमी लिने प्रतिबद्धता जनाए । यसैगरी पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले आफ्नो गाउँपालिका क्षेत्रभरिका यस्ता बालबालिकाको नयाँ लगत बनाएर कार्यक्रम बनाइने बताएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending