Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय

खबरडबली संवाददाता

महोत्तरी । “हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) जलेश्वर नगरपालिका–११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया वविता पण्डित कुम्हालले बौद्धिक अपाङ्गता भएकी छोरी ११ वर्षीया रचनालाई देखाउँदै भनिन्, “आब त हमर बेटी लिखपढसँगें कतेको चित्रसभ बनबैत अछि” (अब त हाम्री छोरी लेखपढ गर्नसँगै कैयौँ चित्र बनाउने भएकी छन्) । 

रचनामात्र होइन, जलेश्वर–८ का शारीरिक अपाङ्गता भएका सात वर्षीय प्रेम बैठा धोबी, जलेश्वर–४ सुगाका चार वर्षीया विवेक महतो, जलेश्वर–७ अन्कारका सात वर्षीय नजाबुल राइन, जलेश्वर–३ मलिवाराका छ वर्षीय साकिव अन्सारी र जलेश्वर–७ महादेवपट्टी बस्तीका १० वर्षीय वीरेन्द्र मण्डल पनि शारीरिक रूपमा अपाङ्गता भएर पनि अब लेखपढ गर्न जान्न थालेका छन् । कुनै जन्मले नै र कतिपय जीवनका विभिन्न घटनामा परी अपाङ्ग भएर घरमै कुँजिएका बालबालिकाका लागि अहिले रतौली युवा क्लबले सञ्चालन गरेको ‘घरमै विद्यालय’ कार्यक्रम वरदान भएको छ ।

क्लबले जिल्लाका जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकामा सञ्चालन गरेको यो कार्यक्रममा अहिले शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकालाई घरमै हेरचाह र पठनपाठन अभ्यास गराउँदै छ । धेरैजसो बौद्धिक अपाङ्गता भएका बोल्न नसक्ने बालबालिका अहिले नियमित अभ्यास र शिक्षकको हेरचाहले लेखपढ गर्न, चित्र कोर्न र जुडो खेल्न जान्ने भएका छन् । 

“हामीले यस्ता बालबालिकाका लागि उनीहरूकै घरमा विद्यालयको झल्को दिने शैक्षिक सामग्री र शिक्षकको व्यवस्था गरेका छौँ,” क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरी भन्छन्, “नियमित एक वर्षको देखभालले यी बालबालिका विद्यालय जान सक्ने बनाउनु हाम्रो उद्देश्य हो ।” 

सन् २०२५ जनवरीदेखि सुरु गरिएको यो कार्यक्रम आउने डिसेम्बरमा एक वर्ष पूरा हुनेछ । त्यसपछि आवश्यकतानुसार अवधि थपिने उनको भनाइ छ । यो कार्यक्रम सञ्चालन गर्न क्लबलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले आर्थिक सहयोग जुटाएको चौधरीले बताए।

यो कार्यक्रमअन्तर्गत सहयोगी शिक्षक दिनहुँ ‘घरमै विद्यालय’ का बालबालिकालालाई अभ्यास गराउन पुग्छन् । दिनहुँ चार घण्टा आफ्नो विद्यार्थीसँग बसेर उनकै अनुकूलतामा गराइने लेखन तथा वाचन अभ्यासले यस्ता बालबालिकामा निकै सुधार भएको जलेश्वर–११ पिगौनाको वनटोलवाको ‘घरमै विद्यालय’का सहयोगी शिक्षक सजनीकुमारी मण्डल बताउँछिन्।

“मैले हेरचाह गरेकी रचना त बोल्दै बोल्दिनथिन्, पछिपछि विस्तारै उनीसँगै खेल्दै बोल्दैजाँदा बल्ल लेखपढ गर्न थालिन्”, आफूले हेरचाह गरिरहेकी रचना पण्डितबारे जानकारी दिँदै सजनीले भनिन्, “अब साउँ अक्षर सबै लेख्ने भएकी छन्, चित्र कोर्नमा यिनको अभिरुचि बढेको छ ।” बोल्दैनबोल्ने छोरी अब घरका परिवारजनलाई नाता लगाएर बोलाउने र शिक्षक पढाएर फर्केपछि पनि कापी कलम लिएर चित्र कोर्ने गरेकी रचनाकी आमा वविताले खुसी हुँदै बताइन् । 

रचना अहिले लेखपढ र चित्र कोर्ने मात्र नभई व्यक्तिगत आहार व्यवहारमा पनि पोख्त बनेकी देखिन्छ । आफ्ना घर आउने जोसुकै अतिथिलाई नमस्कारको अभिवादनबाट रचना स्वागत गर्छिन् । रचनामा आएको यो परिवर्तनले पिगौनावासी चकित छन् ।

क्लबले सुरु गरेको यो कार्यक्रमलाई जिल्लाका बुद्धिजीवीले सराहना गरेका छन् । आर्थिक रूपले निकै कमजोर भएका परिवारका बालबालिकाले यो कार्यक्रमबाट शिक्षा मात्र नभएर आहार व्यवहार सिक्ने अवसर पनि पाएका राजकीय संस्कृत माध्यमिक विद्यालयका मटिहानीका प्रधानाध्यापक ईश्वरी पौडेलको प्रतिक्रिया छ । “कसैको नजर नपुगेको क्षेत्रमा यो कार्यक्रम थालिएको छ, यसको विस्तारमा अब राज्यका शैक्षिक निकायले पनि सहकार्य बढाउन आवश्यक छ”, पौडेलले भनिन् । 

यो कार्यक्रम सरकारी अवधारणालाई नै बल पुर्याउन सुरु गरिएको क्लबका कार्यक्रम प्रबन्धक पूजनारायण साहको भनाइ छ । ‘घरमै विद्यालय’ नेपाल सरकारकै अवधारणा रहेको बताउँदै साहले आफ्ना कामले यस्ता कार्यक्रम सञ्चालन गर्न राज्यका निकाय र मधेसका अन्य सङ्घसंस्थालाई उदाहरण बनेको बताए।

“यो कार्यक्रम सञ्चालन गर्न ठाउँ नै पिच्छे व्यवस्थापनमा र शिक्षकको पारिश्रमिकमा मुख्य खर्च रहेको छ”, साहले भने । अब यो कार्यक्रम स्थानीय तहले बनाउनुपर्ने साहको सुझाव छ । “अहिले त दातृसंस्थाको सहयोग छ, तर यो त केही दिनका लागि हो”, साह भन्छन्, “यसलाई जीवन्त राख्न स्थानीय तहहरूले आफ्ना कार्यक्रममा समावेश गर्नुपर्छ ।”

कार्यक्रमप्रति स्थानीय तहका जनप्रतिनिधिले पनि सकारात्मक चासो बढाएका छन् । जलेश्वर–११ का वडाध्यक्ष मनोज साहले अब बन्ने बजेट र कार्यक्रममा यो कार्यक्रम समावेश गर्न पहलकदमी लिने प्रतिबद्धता जनाए । यसैगरी पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले आफ्नो गाउँपालिका क्षेत्रभरिका यस्ता बालबालिकाको नयाँ लगत बनाएर कार्यक्रम बनाइने बताएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending