Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

शक्ति नभएमा संविधान र कानूनले पनि काम गर्दैन: प्रचण्ड

जनयुद्धले जनतालाई आफ्नो लडाइँ आफै लड्न सिकायाे

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिलेको संविधान सम्झौताको संविधान भएको बताएका छन् । नेपाल दलित मुक्ति मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रचण्डले जनयुद्धका क्रममा दलित समुदायले सबैभन्दा पनि बन्दुक खोस्ने आँट गरेको स्मरण गरे । उनले भने, 'आफैँ लडेर विरोधीहरु माथि, प्रतिक्रान्तिकारीमाथि विजय प्राप्त भयो । दलित समुदायले बन्दुक खोस्ने आँट गर्यो । लामो लडाइँ लडेर स्थानीय सरकारमा दलित समुदायको प्रतिनिधित्व सम्भव भएको हो ।'

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धको समयमा जनतालाई आफ्नो लडाइँ आफै लड्न सिकाएका कारण उत्पीडित वर्ग, क्षेत्र र जातिले अधिकार प्राप्त गरेको बताए । उनले भने, 'उत्पीडित वर्गले आफ्नो लडाइँ आफै लड्नुपर्छ भनेर हामीले भनेका हौँ । आफ्नो मुक्ति आफैँले लडेर ल्याउनुपर्छ । माओवादी पार्टीको विचार हो । वर्गले गर्नुपर्यो । उत्पीडित वर्गले गर्नु पर्यो ।'

मोर्चाले आयोजना गरेको 'नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले शक्ति नभएमा संविधान र कानूनले पनि काम नगर्ने बताए । उनले भने, 'जबसम्म शक्ति हुँदैन नि आफ्नो हातमा । तबसम्म संविधानले पनि काम गर्दैन, कानूनले पनि काम गर्दैन ।'

जनयुद्ध विस्तृत शान्ति सम्झौतामा टुंगिएको स्मरण गर्दै प्रचण्डले क्रान्ति अधुरो रहेकोमा जोड दिए । उनले भने, 'हामीले क्रान्त्ति पुरै जितेर आउन सकेनौँ । यो कुरा हामी सबैले मनन् गर्नुपर्ने छ । क्रान्ति पुरै जितेर आउन पाएको भए माथि परेकालाई तल पारिने थियो, तल परेकाहरु माथि आउने थियो, पारिने थियो ।'

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: