काठमाडौँ। सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल युगमा पनि पुस्तकालयको महत्व कम नभएको बताएका छन् ।
काठमाडौँमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको अठारौँ पुस्तकालय दिवस २०८२ को अवसरमा बोल्दै मन्त्री गुरुङले डिजिटल पहुँच, ई–पुस्तक, अनुसन्धान सामग्री सुरक्षित अध्ययन वातावरण प्रदान गर्दै नागरिकलाई सशक्त बनाइरहेको बताए। युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुख स्थल बनेका छन् ।विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको मन्त्री गुरुङको धारणा छ ।
नेपालमा पुस्तकालयको इतिहास अत्यन्त समृद्ध र प्रेरणादायी रहेको उल्लेख गरे। प्राचीन कालदेखि नै अध्ययन, ज्ञान र धर्मकोसंरक्षणका लागि नेपालमा पुस्तकालयको स्थापना हुँदै आएको समेत जानकारी दिँदै मन्त्री गुरुङले भने, “प्रारम्भिक समयमा मठ–मन्दिरहरूमा पठनका लागि संग्रहालयीय पुस्तकालयहरू थिए, जसले ज्ञानको प्रकाश फैलाउने महत्त्वपूर्ण भूमिका खेलेका थिए ।”
आधुनिक पुस्तकालयको इतिहास पृथ्वीनारायण शाहको शासनकालदेखि सुरु भएको इतिहास पनि मन्त्री गुरुङले स्मरण गराए। उनका अनुसार शाहकै पालामा विभिन्न स्थानमा छरिएका पाण्डुलिपिहरू सङ्कलन गरी वसन्तपुर दरबारमा सुरक्षित रूपमा राखिएको इतिहास छ ।
यही क्रममा विसं १८६९ साल भदौ १५ गते राजा गीर्वाण युद्ध वीरविक्रम शाहले “पुस्तक चिताइ तहबिल” सम्बन्धी लालमोहर जारी गरे, जुन नेपालको पहिलो कानुनी रूपमा मान्यता प्राप्त पुस्तकालयका रूपमा मानिने उनले बताए। यही ऐतिहासिक घटना सम्झँदै विसं २०६५ सालदेखि हरेक वर्ष भदौ १५ मा पुस्तकालय दिवस मनाउने परम्परा सुरु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: