काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरेको सम्मान तथा पुरस्कार प्रति नेपाल तेक्वान्दो सङ्घले आपत्ति प्रकट गरेको छ ।
राखेपले भदौ १३ गते आयोजना गरेको सम्मान तथा पुरस्कार कार्यक्रममा विभिन्न विधाका खेलाडी, प्रशिक्षक, कर्मचारी, खेल सङ्घ, प्रायोजक तथा पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो ।
तेक्वान्दो सङ्घले आइतबार एक प्रेश विज्ञप्ती जारी गर्दै राखेपले प्रदान गरेको पुरस्कारले खेलाडी र खेल सङघमाथि विभेदपूर्ण व्यवहार र मनपरीतन्त्र गरेको भन्दै घोर भर्त्सना समेत गरेको छ ।
सङ्घका अध्यक्ष प्रकाशशम्सेर राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘राखेपले वर्षभर भए गरेका र प्राप्त उपलब्धिको समिक्षा र मुल्याङ्कन गर्ने संस्कार रहिआएकोमा त्यसो भएको छैन । राखेपको निर्णय प्रायोजित नभएर यथार्थपरक, उपलब्धि र प्रविधिमा आधारित हुने अपेक्षा राखेका छौँ ।’’
राखेपको सम्मान कार्यक्रममा नेपालका लागि पेरिस पारालिम्पिकमा तेक्वान्दोमा ऐतिहासिक कांस्य पदक दिलाउने खेलाडी, प्रशिक्षक र खेल सङ्घप्रति गरेको उपेक्षालाई लिएर तेक्वान्दो सङ्घ नैराश्यता व्यक्त गर्दछ, विज्ञप्तीमा उल्लेख छ ।
तेक्वान्दो सङ्घले राज्यको निकायबाट गरिने मुल्याङ्कनको आधारबारे प्रश्न गर्दै पुरस्कार व्यक्तिगत वा संस्थागत रहेकोमा भन्दै संशय पनि व्यक्त गरेको छ । पुरस्कार निर्णयको अधिकार कसको हातमा रहेको हो रु भन्ने प्रश्न गर्दै छानविनको मागसहित दोषी उपर कडा कारवाहीको माग समेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: