काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरेको सम्मान तथा पुरस्कार प्रति नेपाल तेक्वान्दो सङ्घले आपत्ति प्रकट गरेको छ ।
राखेपले भदौ १३ गते आयोजना गरेको सम्मान तथा पुरस्कार कार्यक्रममा विभिन्न विधाका खेलाडी, प्रशिक्षक, कर्मचारी, खेल सङ्घ, प्रायोजक तथा पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो ।
तेक्वान्दो सङ्घले आइतबार एक प्रेश विज्ञप्ती जारी गर्दै राखेपले प्रदान गरेको पुरस्कारले खेलाडी र खेल सङघमाथि विभेदपूर्ण व्यवहार र मनपरीतन्त्र गरेको भन्दै घोर भर्त्सना समेत गरेको छ ।
सङ्घका अध्यक्ष प्रकाशशम्सेर राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘राखेपले वर्षभर भए गरेका र प्राप्त उपलब्धिको समिक्षा र मुल्याङ्कन गर्ने संस्कार रहिआएकोमा त्यसो भएको छैन । राखेपको निर्णय प्रायोजित नभएर यथार्थपरक, उपलब्धि र प्रविधिमा आधारित हुने अपेक्षा राखेका छौँ ।’’
राखेपको सम्मान कार्यक्रममा नेपालका लागि पेरिस पारालिम्पिकमा तेक्वान्दोमा ऐतिहासिक कांस्य पदक दिलाउने खेलाडी, प्रशिक्षक र खेल सङ्घप्रति गरेको उपेक्षालाई लिएर तेक्वान्दो सङ्घ नैराश्यता व्यक्त गर्दछ, विज्ञप्तीमा उल्लेख छ ।
तेक्वान्दो सङ्घले राज्यको निकायबाट गरिने मुल्याङ्कनको आधारबारे प्रश्न गर्दै पुरस्कार व्यक्तिगत वा संस्थागत रहेकोमा भन्दै संशय पनि व्यक्त गरेको छ । पुरस्कार निर्णयको अधिकार कसको हातमा रहेको हो रु भन्ने प्रश्न गर्दै छानविनको मागसहित दोषी उपर कडा कारवाहीको माग समेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: