Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा

खबरडबली संवाददाता

काठमाडौँ । लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन ठप्प भएको हो ।

कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अवरुद्ध सडक तत्काल खुलाउनका लागि निर्देशन दिइसकेका छन्। बाढीपहिरोका कारण अवरुद्ध भएका सडक सञ्चालन गरेर आवतजावत सहज बनाउन निर्देशन दिएका हुन्।

आइतबार सिंहको अध्यक्षतामा बसेको बैठकमा उनले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या भएको भन्दै तत्कालै सडक सञ्चालन गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिए। चाँडोभन्दा चाँडो सडक सञ्चालन गर्ने प्रयत्न भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारी बताउँछन्।

'अवरुद्ध भएका सडक चाँडोभन्दा चाँडो खुलाउने प्रयास भइरहेको छ, कतिपय राजमार्गमा सुधारको काम भइरहेको छ, कतिपय स्थानमा वर्षा भइरहेको र नदीको बहाबसमेत बढेकाले पहिरो पन्छ्याउने तथा सफाइको काम गर्न अवरुद्ध भइरहेको छ,' उनले भने। पूर्ण अवरुद्ध भएका सडकमध्ये ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड रहेको छ।

चीनबाट साउन १४ गतेको बाढी आएको कारण नदीले सडक कटान गरेकाले सडक अवरुद्ध भएको हो । हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ । यसैगरी जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध भएको छ । पैमा खोलाको बहाब बढेकाले खोलामा पानीको लेभल घटेपछि राजमार्ग सफा गरिने सडक विभागले जनाएको छ ।

यसैगरी विभागको तथ्याङ्क अनुसार रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले,लेघुवाघाट–तुम्लिङटार खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार बरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माणमा ढलानको कार्य बाँकी रहेको तथा पानीको बहाब बढेको कारण डाइभर्सन पुन:स्थापना गर्न नसकिएको, पानी सतह घटेपछि डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई पनि जोड दिइने छ ।

चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । करिब पाँच वर्ष पहिले रेमिट हाइड्रोबाट तमोर नदीमा निर्मित रानी पुल बेलीब्रिज यही साउन ६ गतेको अविरल वर्षाको बाढीले बगाएकाले अवरुद्ध भएको हो । हाल रेमिट हाइड्रोबाट पुन: बेलीब्रिज निर्माणका लागि पहल भएको छ ।

यसैगरी ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबँेसी–रसुवागढी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । असार २४ गते चीनतर्फबाट आएको भीषण बाढीका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । हाल उपकरण परिचालन गरी नदी कटानको कार्य भइरहेको छ ।

छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम ९भेरी करिडोर० पनि पूर्ण रूपमा नै अवरुद्ध भएको छ । शाखा बाटो र खोलाबाट आएको लेदो सहितको बाढीपहिरोको कारण उक्त सडकखण्ड अवरुद्ध भएको भन्दै हाल पहिरो पन्छाउने काम भइरहेको विभागले जनाएको छ ।

कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम ९सहिद मार्ग० पनि पूर्णरूपमा नै अवरुद्ध भएको छ । हाल निरन्तर पानी परिरहेको र पहिरो पनि झरिरहेकोले पहिरो रोकिएपछि सफा गर्ने कार्य सुरु हुने विभागले जनाएको छ ।

सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोसँगै ठूला–ठूला ढुङ्गा आई सडक अवरुद्ध भएको विभागले जनाएको छ । ढुङ्गा हटाउने प्रयास भइरहेको तर ढुङ्गा झर्ने क्रम जारी रहेको छ । लगातार सुख्खा पहिरो झरिरहेकाले राति बाटो बन्द हुने र दिउँसो बाटो सञ्चालन गर्ने काम जारी छ ।

छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम ९भेरी करिडोर० समेत पूर्ण रूपमा अवरुद्ध छ । पानी पर्न रोकिएपछि, खोला घटेपछि पुन: सडक मर्मतको कार्य अगाडि बढाइने विभागले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालगन्ज भन्सारद्धारा सात महिनामा ११ अर्ब चार करोड भन्दा बढी राजस्व संकलन

नेपालगन्ज। पश्चिमका प्रमुख नाकाहरु मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले सात महिनाको अवधीमा ११ अर्ब ४ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।  ...

एमालेको सुर्य अंकित झण्डा जलाउनेहरूमाथि कारबाहीको माग

दाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङले तुलसीपुर बजार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले गरेको असामाजिक तथा गैरराजनीतिक ...

रास्वपाको भैरहवा चुनावी सभा स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने तय भएको चुनावी सभा स्थगित गरेको छ। रास्वपा रुपन्देही–३ का चु...

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आ...

लमजुङमा बदलिँदो चुनाव प्रचार : डिजिटलसहित प्रत्यक्ष भेटघाटमा जोड

लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा यसपटक राजनीतिक दलहरूले पुराना चुनावी शैली परिवर्तन गरेका छन् । ठुला सभाभन्दा पनि ट...

कल्याणपुरमा मतदाता रिझाउन नेपाल जनता पार्टीको नयाँ शैली

कल्याणपुर । नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदा...

मतदाता रिझाउन नेपाल जनता पार्टीको नयाँ शैली

कल्याणपुर । नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदा...

भारतीय नम्बर प्लेटका सवारी आचारसंहिताविपरीत प्रयोग

रौतहट। रौतहटमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका सवारीसाधन उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा प्रयोग गरिरहेको पाइएको छ । जिल्लाका च...

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम जारी रहेकै बेला नेकपा एमाले का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर सहित चार जना नेता...

रास्वपाको 'वाचापत्र' : सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्ण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE