लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा यसपटक राजनीतिक दलहरूले पुराना चुनावी शैली परिवर्तन गरेका छन् । ठुला सभाभन्दा पनि टोल–बस्तीमा बैठक, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्दै सामाजिक सञ्जालमार्फत प्रचारलाई प्राथमिकता दिइएको छ । आठ पालिका र ६५ वटा वडा रहेको लमजुङको निर्वाचन क्षेत्र भौगोलिक रूपमा ठुलो भएकाले उम्मेदवारहरूलाई सबै ठाउँमा पुग्न चुनौती भैरहेको छ ।
उम्मेदवारहरूले घरदैलो र प्रत्यक्ष भेटघाटमा बढी जोड दिँदै सामाजिक सञ्जालमार्फत मेहनतपूर्वक प्रचार गरिरहेका छन् । क्यामेराम्यानसहित फेसबुक, टिकटक, युट्युबमा दैनिक भिडियो सामग्री बनाएर पोस्ट गर्ने, प्रत्यक्ष प्रसारण गर्ने शैली अपनाइएको छ । भित्तामा टाँसिने पोस्टर–पम्प्लेटको प्रयोग न्यून छ र डिजिटल सामग्रीको व्यापक प्रयोग छ ।
विगतका निर्वाचनमा गाउँ–गाउँमा पोस्टर र पम्प्लेट वितरण हुने गर्दथ्यो, तर यसपटक उम्मेदवारले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश, प्रत्यक्ष प्रसारण र डिजिटल सामग्रीमार्फत मतदातासँग जोडिने प्रयास गरिरहेका छन् । डिजिटल प्रचारप्रसारमा दलहरू विशेष सक्रिय भएका छन् भने प्रचार सामग्री व्यवसायीको माग पनि कम देखिन्छ ।
नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ, समानुपातिक उम्मेदवार टुका हमाल र प्रेम घलेसहितको टोली मतदाताको घरदैलोमा सक्रिय छन् । गुरुङको सचिवालयले सदरमुकाम बेँसीसहरबाट डिजिटल सामग्री उत्पादन गरी सामाजिक सञ्जालमा प्रचार गरिरहेको छ । गुरुङका सचिव विक्रम न्यौपानेका अनुसार, “उहाँले विगतमा गरेका विकास कार्य र प्रतिबद्धताहरू मतदातासम्म पुर्याउन भिडियो, गीत, टिकटक र पोडकास्टमार्फत प्रचार गरिरहेका छौं।”
नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङको सानो टिम पनि पोष्टकार्ड, रिल र भिडियो सामग्री मार्फत डिजिटल प्रचारमा सक्रिय छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, नेपाली कम्युनिस्ट पार्टीका हरिजङ तामाङको सचिवालयले पनि डिजिटल प्रचारलाई प्राथमिकता दिएको छ । भेटघाट, प्रत्यक्ष संवाद र मतदाताका प्रतिक्रियालाई फेसबुकमा लाइभ गर्दै प्रचार प्रवद्र्धन भइरहेको छ ।
स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका केविन्द्रजङ गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ लगायतका उम्मेदवारले पनि सामाजिक सञ्जालमा सक्रिय प्रचार गरिरहेका छन् ।
डिजिटल प्रचार बढेसँगै साइबर सुरक्षा चुनौती पनि बढेको छ । उम्मेदवारको सामग्रीमा अर्का समर्थकहरूले गाली–गलौज र नकारात्मक टिप्पणी गर्दा द्वन्द्व बढेको देखिएको छ । निर्वाचन आयोगले यस पटक नेपाली सेनालाई अनुगमन जिम्मा दिएको छ भने प्रहरी र प्रशासनले पनि निगरानी बढाएका छन् । सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडाइका साथ व्यवस्था गरिने आयोगले जनाएको छ । बढ्दो मतदाता संख्याका साथै बदलिँदो प्रचार शैलीले यसपटकको निर्वाचनलाई अझ रोचक बनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १२:२८
नेपालगन्ज। पश्चिमका प्रमुख नाकाहरु मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले सात महिनाको अवधीमा ११ अर्ब ४ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । ...
फाल्गुन ८ गते, २०८२ - १२:२४
दाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङले तुलसीपुर बजार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले गरेको असामाजिक तथा गैरराजनीतिक ...
फाल्गुन ८ गते, २०८२ - १२:१६
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने तय भएको चुनावी सभा स्थगित गरेको छ। रास्वपा रुपन्देही–३ का चु...
फाल्गुन ८ गते, २०८२ - ११:१७
काठमाडौँ । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आ...
फाल्गुन ८ गते, २०८२ - ११:१२
लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा यसपटक राजनीतिक दलहरूले पुराना चुनावी शैली परिवर्तन गरेका छन् । ठुला सभाभन्दा पनि ट...
फाल्गुन ८ गते, २०८२ - १०:५४
कल्याणपुर । नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदा...
फाल्गुन ८ गते, २०८२ - १०:५३
कल्याणपुर । नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदा...
फाल्गुन ८ गते, २०८२ - १०:३३
रौतहट। रौतहटमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका सवारीसाधन उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा प्रयोग गरिरहेको पाइएको छ । जिल्लाका च...
फाल्गुन ७ गते, २०८२ - १७:५०
काठमाडौं । नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम जारी रहेकै बेला नेकपा एमाले का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर सहित चार जना नेता...
फाल्गुन ७ गते, २०८२ - १७:१८
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्ण...



प्रतिकृया लेख्नुहोस्: