Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

नेपालगन्ज भन्सारद्धारा सात महिनामा ११ अर्ब चार करोड भन्दा बढी राजस्व संकलन

खबरडबली संवाददाता

नेपालगन्ज। पश्चिमका प्रमुख नाकाहरु मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले सात महिनाको अवधीमा ११ अर्ब ४ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । 

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को सात महिनामा ११ अर्ब ४ करोड ६५ लाख ८५ हजार रुपियाँ राजस्व संकलन गरेको सो कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए। 

उनले चालु आवको सात महिनाको अवधीमा गत आवको सात महिनाको तुलनामा नौ करोड २४ लाख रुपियाँ भन्दा बढी राजस्व संकलन भइ राजस्व संकलन बृद्धि हुने क्रममा रहेको बताए। 

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सात महिनामा नेपालगन्ज नाकाबाट १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार रुपियाँ राजस्व संकलन भएको थियो । 

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आवका लागि बार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकोमा पुस मसान्तसम्म सात महिनामा ११ अर्ब चार करोड ६५ लाख ८५ हजार रुपियाँ अर्थात लक्ष्यको ४५ प्रतिशत असुली भएको छ । 

लक्ष्य पुरा गर्नका लागि बाँकी रहेका पाँच महिनामा ५५ प्रतिशत राजस्व संकलन गर्नु पर्ने देखिएकोले यो वर्ष पनि लक्ष्य पुरा नहुने संकेत देखिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलले बताए। 

उनले भन्सार कार्यालयको मासिक लक्ष्य अुनसार हालसम्म कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन नभएको देखिएको छ ।चालु आवको साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघ महिनामा क्रमश: लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत मात्र राजस्व असुली भएको छ । 

गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने त्यसको अघिल्लो आर्थिक २०८०/०८१ मा ६३।३५ प्रतिशत राजस्व संकलन गरेको थियो । 

नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात बृद्धि भइ भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिएपनि केही वर्ष यता लक्ष्य पुरा हुन नसकेको भन्सार कार्यालयले जनाएको छ । 

अर्कोतर्फ नेपालगन्ज भन्सारबाट हुने व्यापार घाटा पनि अतिनै उच्च रहेको पाईएको छ । आयात–निर्यातको अनुपातमा निकै ठूलो फरक देखिंदै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देवानगञ्ज गोलीकाण्ड : सहमतिपछि पनि किन परिवारले शव बुझ्न मानेनन् ?

विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...

पासपोर्ट ठेक्का भ्रष्टाचार प्रकरण : सिद्धार्थ थापा साधारण तारिखमा रिहा

काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...

गृहमन्त्री गुरुङको निर्देशनपछि ड्रोनबाट सुरक्षा अनुगमन

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...

सामाजिक सद्‌भाव बिथोल्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने कांग्रेसको चेतावनी, यस्तो छ ७ बुँदे निर्देशन

काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...

स्वास्थ्य र शिक्षा समता शुल्क औपचारिक रुपमा खारेज

काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...

मधेशको सुरक्षा व्यवस्थापनमा प्रहरीको विशेष निगरानी, एआईजीदेखि एसएसपीसम्म परिचालन

काठमाडौं । मधेश प्रदेशसहित विभिन्न जिल्लामा देखिएको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले एआईजीदेखि एसएसपी तहसम्मका उच्च अधिकृतहरूलाई वि...

कुवेतमा ड्रोन आक्रमणमा मृत्यु हुने नेपाली तेह्रथुमका सोमकुमार तामाङ

काठमाडौँ। कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ सवारी चालकका रूपम...

मधेशवादी दलका नेताहरूलाई प्रधानमन्त्री शाहले भने: मलाई सङ्घीयता विरोधी हो भनेर सपनामा पनि नसोच्नुहोस्

काठमाडौं । मधेशवादी दलका नेताहरूले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशनबाट पारित सङ्घीयतासम्बन्धी प्रस्...

मधेशको तनाव समाधानका लागि प्रधानमन्त्री शाहको पहल तीव्र, सांसदहरूसँग पनि छलफल सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन्। मधेशमा पछिल्लो समय देखिएको तन...

प्रधानमन्त्रीसँगको छलफपछि महतोले भने : विगतका सरकारले जस्तो सम्झौतालाई रद्दीको टोकरीमा नफालिदिनुहोला

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा गम्भीर बन्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending