Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

भारतीय नम्बर प्लेटका सवारी आचारसंहिताविपरीत प्रयोग

खबरडबली संवाददाता

रौतहट। रौतहटमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका सवारीसाधन उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा प्रयोग गरिरहेको पाइएको छ ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरूले प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्दै आचारसंहिता उल्लंघन गरिरहेको देखिएको छ । ठूलो संख्यामा भारतीय गाडी प्रयोग हुँदा निर्वाचन आचारसंहिताको उल्लंघन हुनुका साथै मतदाता आतङ्कित भएको गुनासोसमेत आएको छ ।

रौतहटका चारवटै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी, जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको देखिएको छ । यससँगै अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि त्यस्ता सवारी प्रयोग गरिरहेका छन् ।

उम्मेदवार तथा तिनका समर्थकहरूले भारतीय नम्बर प्लेटका गाडीमा राजनीतिक दलका झण्डा र ब्यानर टाँसेर घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । प्रचारप्रसारमा भारतीय नम्बरका गाडी प्रयोग भइरहेको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भइरहे पनि निर्वाचन कार्यालय, ट्राफिक प्रहरी, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालय भने मौन देखिएका छन् । यसले निर्वाचन आचारसंहिता कार्यान्वयनप्रति प्रशासनको इच्छाशक्ति र निष्पक्षतामाथि प्रश्न उठाएको छ ।

नियमानुसार राजस्व तिरेर निश्चित अवधिका लागि नेपाल प्रवेश गरेका भारतीय सवारीसाधनलाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न अनुमति छैन । निर्वाचन आचारसंहिता, २०८२ ले विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न स्पष्ट रूपमा रोक लगाएको छ ।

आचारसंहिताको दफा १४ मा ‘सवारीसाधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण’ सम्बन्धी व्यवस्था गरिएको छ । उपदफा ९क० मा निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्रमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे, तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न सकिने उल्लेख छ । त्यस्ता सवारीसाधन नचल्ने स्थानमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था भए पनि विदेशी नम्बर प्लेटका सवारीसाधनलाई अनुमति नदिइने स्पष्ट उल्लेख छ ।

आचारसंहिता उल्लंघन नियन्त्रणका लागि निर्वाचन आयोगले जिल्लास्तरमा संयन्त्र निर्माण गरी परिचालन गरेको भए पनि प्रभावकारी अनुगमन नभएको आरोप छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई अनुगमनको जिम्मेवारी दिइएको भए पनि कार्यान्वयन फितलो देखिएको छ ।

रौतहटमा व्यापक रूपमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग भएको विषयमा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले अनुगमन गरिने बताएको छन् । गुनासा प्राप्त भए पनि स्थानीय तहमा प्रहरी संख्या न्यून भएकाले पूर्ण रूपमा नियन्त्रण गर्न कठिन भएको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालगन्ज भन्सारद्धारा सात महिनामा ११ अर्ब चार करोड भन्दा बढी राजस्व संकलन

नेपालगन्ज। पश्चिमका प्रमुख नाकाहरु मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले सात महिनाको अवधीमा ११ अर्ब ४ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।  ...

एमालेको सुर्य अंकित झण्डा जलाउनेहरूमाथि कारबाहीको माग

दाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङले तुलसीपुर बजार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले गरेको असामाजिक तथा गैरराजनीतिक ...

रास्वपाको भैरहवा चुनावी सभा स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने तय भएको चुनावी सभा स्थगित गरेको छ। रास्वपा रुपन्देही–३ का चु...

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आ...

लमजुङमा बदलिँदो चुनाव प्रचार : डिजिटलसहित प्रत्यक्ष भेटघाटमा जोड

लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा यसपटक राजनीतिक दलहरूले पुराना चुनावी शैली परिवर्तन गरेका छन् । ठुला सभाभन्दा पनि ट...

कल्याणपुरमा मतदाता रिझाउन नेपाल जनता पार्टीको नयाँ शैली

कल्याणपुर । नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदा...

मतदाता रिझाउन नेपाल जनता पार्टीको नयाँ शैली

कल्याणपुर । नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदा...

भारतीय नम्बर प्लेटका सवारी आचारसंहिताविपरीत प्रयोग

रौतहट। रौतहटमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका सवारीसाधन उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा प्रयोग गरिरहेको पाइएको छ । जिल्लाका च...

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम जारी रहेकै बेला नेकपा एमाले का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर सहित चार जना नेता...

रास्वपाको 'वाचापत्र' : सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्ण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE