काठमाडौँ। एमालेका केन्द्रीय सदस्य समेत रहेका ऐनबहादुर महरविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । फेसबुकमार्फत चरित्र हत्या, अपमान र बदनाम गरेको आरोपमा महरविरुद्ध मुद्दा दर्ता भएको हो ।
महरले विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन २०६३ को दफा ४७ को उपदफा ९१० बमोजिम कसूर गरेको भन्दै जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले क्षतिपूर्तिसहितको सजाय माग गर्दै अभियोग पत्र दायर गरेको हो ।
महरले आफ्नो फेसबुक आईडी प्रयोग गरी महिलाको नाम जोडेर लाइभ भिडियोमार्फत चरित्रहत्या गर्ने अभिव्यक्ति दिएको, पीडितलाई मानसिक रोगी, चरित्रहीन पेसेवर महिला भन्दै यस्ताबाट बच्नु होला भन्दै बोलेको पीडित महिलाको बयानमा छ । ती महिलाले महरबाट बलात्कार जस्तो जघन्य अपराधको पीडितसमेत रहेको हुँदा मेरो इज्जत अस्मिता लुटी मेरै चरित्रहत्या गरेर घृणा फैलाउने, दुख हैरानी दिने र थप शारीरिक मानसिक पीडा दिई दिई मेरो व्यक्तिगत परिवारिक जीवनमा गम्भीर असर परेको भन्दै विद्युतीय कारोबार ऐन २०६३ बमोजिम उजुरी दर्ता गराएको बताएकी छिन् ।
उनले आफूले भोग्नु परेको मानसिक यातनाको उचित मुल्याङ्गकन गरी मानसिक क्षतिपूर्तिको समेत माग गरेकी छिन् । अभियुक्त महरले भने जाहेरीमा उल्लेख गरिएका सबै कुरा झूटो भएको दाबी गरेका छन् । उनले आफूले सो भिडियो पोस्ट नगरेको, बरु पीडितले नै आफ्नो र परिवारको मानहानि गर्दै आएको दाबी गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: