Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

स्याफ्रुबेँसी–रसुवागढी खण्डमा मालवाहक सवारीसाधन गुड्नसक्ने अवस्था भएन, जलविद्युत् आयोनाहरूको काम प्रभावित

खबरडबली संवाददाता

रसुवा । स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्गमा मालवाहक सवारीसाधन गुड्ने अवस्था नहुँदा जिल्लास्थित निर्माणाधीन जलविद्युत् आयोनाहरूको काम प्रभावित भएको छ ।

गत असार २४ गतेको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको मुहानको बाँधमा क्षति पुर्‍याएपछि मर्मत एवं पुनर्निर्माणका लागि अत्यवश्यक उपकरण तथा सामग्री ढुवानी हुननसक्दा काम प्रभावित भएको हो ।

सुरूङ र जलविद्युत्गृह सुरक्षित रहे पनि मुहानको बाँध पूरै क्षति भएपछि मर्मत गर्न आवश्यक रड तथा सिमेन्टसहितका उपकरण ढुवानी तथा व्यवस्थापन गर्न समस्या देखिएको रसुवागढी जलविद्युत् कम्पनीले जनाएको छ ।
 
बाढीका कारण क्षतिग्रस्त सडकमा ‘ट्रयाक’ खोलेसँगै हल्का सवारीसाधनमात्र आवतजावत गर्नसक्ने भएको तर ठूला मालवाहक गाडी चल्ने अवस्था नभएकाले सामान ढुवानी गरी जलविद्युत् आयोजनको बिग्रिएका संरचनाको मर्मतसम्भारसहितका अन्य काम हुन नसकेको सो कम्पनीका  प्रबन्ध निर्देशक सत्यराम ज्याख्वले बताए । 
 
सो कम्पनीका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले १११ मेगावार्ट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको संरचना बिगारेसँगै विद्युत् उत्पादन बन्द भई दैनिक रु एक करोडभन्दा बढी आम्दानी नोक्सान भइरहेको छ ।

दैनिक २६ लाख ६४ हजार युनिट विद्युत उत्पादन हुनेगरेको रसुवागढी विद्युत् उत्पादन केन्द्रको संरचना बिग्रिएसँगै कम्पनीले रु ७२ करोड ८८ लाख ७० हजार घाटा व्यहोर्नुपरेको प्रबन्ध निर्देशक ज्याख्वले जानकारी दिए । बाढीले आयोजनाको मुहानको बाँधलगायतका बाहिरी संरचना क्षति हुँदा करिब रु तीन अर्ब ५० करोड नोक्सान भएको रसुवागढी जल विद्युत् कम्पनीले जनाएको छ ।

विद्युत् उत्पादनबाट हुने आम्दानीबाट आयोजना निर्माणमा लागेको ऋण चुक्ता गर्ने आठ वर्ष निर्धारण गरिएकामा यसरी विद्युत् उत्पादन हुन नसकेपछि ऋण चुक्ता गर्ने समयावधि बढाउनुपर्नेमा जोड दिँदै प्रबन्ध निर्देशकले भुक्तानी दिनुपर्ने सावाँ र ब्याजको भार समेत बढ्ने भएकाले अवरुद्ध सडकखण्ड यथासक्य छिटो सञ्चालन गर्ने वातावरण तयार गरिदिन सरकारसँग अनुरोध गरे ।

मुहानको बाँधमा बाढीले ठुलाठुला ढुङ्गाहरू ल्याएको र बाँधको भुँइको सतहस्थित सिमेन्टका संरचना विगारेकाले निर्माण सामग्रीसहित बाढीले ल्याएका ढुङ्गा फोर्ने उपकरण ल्याउन  सडकमा ठूला सवारीसाधन गुडाउने वातावरण तयार नहुँदा मर्मतकार्य अगाडि बढाउन नसकेको आयोजनाले स्पष्ट परेको छ ।

उता गल्छी, मैलुङ सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार चार पाँच दिन सम्ममा रसुवागढीसम्मको ट्रयाक खोली सक्ने र  चीन सरकारले ल्हेन्दे खोलामा मितेरी पुल निर्माण सम्पन्न गरिसक्दा मालवाहक सवारीसाधन गुड्ने वातावरण मिलाउने लक्ष राखिएको छ । यसरी सीमानाकालाई लक्षित गरी काम गर्दा राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाहरूको काम अलपत्र अवस्थामा पर्न लागेको जलविद्युत् केन्द्रले गुनासो गरेको छ ।

रसुवालीलगायत नेपाली जनताको शेयर समेत रहेको सो रसुवागढी जलविद्युत् आयोजनाको मुहान मर्मतका लागि ल्याइने मालसामग्री ढुवानी गराउन दुई लेनको सडक चाँडै निर्माण गर्न नागरिक समाज, रसुवाले माग गरेको छ ।

सडक पूर्णरुपमा अवरुद्ध भएसँग आयत–निर्यात ठप्प भई रसुवा भन्सारको राजस्व सङ्कलन शून्यमा झरेको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सडक बन्द हुँदा वर्षिक रु ४० अर्ब १६ करोड तथा साउन–भदौमा रु सात अर्ब उठाउने लक्ष्य कुनै पनि हालतमा पूरा नहुने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending