Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

अहिले पनि संविधानमाथि घात हुने खतरा टरेको छैन: प्रचण्ड

निर्वाचन प्रणाली पनि परिवर्तन गरौँ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तारुढ गठबन्धन नेताहरूले नभई विचौलिया र दलालहरूले आफ्नो स्वार्थमा गठन गरेको सरकार भएको आरोप लगाएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनलाई बुधबार काठमाडौंको प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले यो सरकारले भ्रष्टाचार, बेथिति, र अराजकताविरुद्ध कुनै प्रभावकारी कदम चाल्न नसक्ने बताए । 

“यो गठबन्धन नेताहरूले बनाएको होइन । यो कुरा मलाई राम्रोसँग थाहा छ । यो विचौलिया र दलालहरूले उनीहरूको घर र होटलमा बसेर आफ्नो इच्छाअनुसार बनाएको सरकार हो । त्यसैले यो सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध केही गर्न सक्दैन,” प्रचण्डले भने । उनले थपे, “राम्रो काम गर्न खोज्नेहरूलाई हटाइन्छ । कुलमान घिसिङ, कान्छाराम, इन्दिरा राना जस्ता योग्य व्यक्तिहरूलाई हटाइयो । लक्षित रूपमा जनजातिलाई हटाएर विचौलियाका मानिसलाई नियुक्त गर्ने काम भइरहेको छ ।”

अहिले अस्थिरता, अराजतकता, वेथिति र भ्रष्टाचारले संस्थागत रुप लिएकोमा चिन्ता व्यक्त गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनमा देखिएको सपनाअनुसार अगाडि बढ्न नसकिएको बताए । उनले भने, 'अहिले संविधानमाथि घात हुने खतरा टरेको छैन । अस्थिरता, अराजतकता, वेथिति, भ्रष्टाचार संस्थागत भएकै छन । जनयुद्ध र जनआन्दोलनमा सहभागिता जनाएर देखेको सपनाअनुसार अगाडि बढ्न सकेको छैन । बरु उपलब्धी गुम्ने खतरा छ ।'

पुरानै प्रणालीबाट अब सम्भव छैन 

पूर्वप्रधानमन्त्री प्रचण्डले पुरानै प्रणाली र शासकीय स्वरुपबाट काम अगाडि बढ्न नसक्ने बताए । उनले भने, 'पुरानै प्रणालीबाट अब सम्भव छैन । शासकीय स्वरुप परिवर्तन हुनुपर्छ । कम्तिमा पनि कार्यकारी प्रमुख राष्टपति हुन आवश्यक छ । हामीले विगतमा पनि यहीँ भनेर संविधानलाई स्वीकार गरेका हौँ । यो हामीले अहिले होइन् १० एघार वर्ष अगाडि नै भनेको हो ।'

शासकीय स्वरुप कार्यकारी हुने र जनताको इच्छाअनुसार काम गर्न सहजताका लागि आफूहरुले विगतमा यी कुरा उठाएको स्मरण प्रचण्डले गरे । उनले भने, 'सबै नेपालीले मतदान गर्नेगरी कार्यकारी राष्टपति हुने, मन्त्री हुन सांसद हुन नपर्ने तर विभिन्न क्षेत्रका विज्ञहरु हुनुपर्ने । मन्त्री हुन  सांसद हुनुपर्ने भएपछि भ्रष्टाचार त्यहीँबाट जन्मिएको छ । कार्यकारी राष्टपतिले सबैभन्दा योग्यलाई मन्त्री बनाउन पाउनु पर्छ । त्इसले मात्रै सुशासन र स्थिरता हुन्छ । त्यस बेला संविधान बनाउन हामीले सम्झौता गर्का हौँ । यो कुरा हामीले पटक पटक भन्यौँ । संविधानसभाको माइनुटमा यो भिन्न मत राखेका छौँ ।' 

कार्यकारी राष्ट्रपतिका लागि फेरि अन्दोलन गनुपर्नेमा प्रचण्डले जोड दिए । उनले भने, 'अहिले फेरि एक पटक कार्यकारी राष्टपतिका लागि जनस्तरबाटै आन्दालनमा जानुपर्ने अवस्था छ । यो कुरा गाउँ गाउँमा, टोलटोलमा बुझाउन जरुरी छ ।' 

निर्वाचन प्रणाली पनि परिवर्तन गरौँ 

प्रचण्डले निर्वाचन प्रणालीमा पनि परिवर्तन जरुरी रहेकोमा जोड दिए । उनले भने, 'अहिलेको निर्वाचन प्रणाली धनीहरुले मात्रै लड्न सक्ने निर्वाचन प्रणाली हो । अहिलेको निर्वाचन प्रणालीले पनि स्थीरता पनि दिँदैन् सुशासन पनि हुँदैन । त्यसैले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ ।  पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने हो । यो पनि हामीले त्यो बेला नै भनेको हो ।' 

पूर्णसमानुपातिक निर्वाचन प्रणालीबारे केहीले गलत अर्थ लगाएको प्रचण्डको टिप्पणी छ । उनले भने, 'पूर्ण समानुपातिक निर्वाचन प्रणाली भनेको भोटै हाल्न नपाउने होइन । महिलालाई ५१ प्रतिशत दिने हो भने प्रत्यक्ष निर्वाचनमार्फत ५१ प्रतिशत महिला नै निर्वाचित हुने भनेको हो । महिला महिलाबीच प्रतिस्पर्धा होस् भनिएको हो । यसको गलत अर्थ लगाइएको छ ।'

सामान्तवाद पराजित भए पनि दलाल पुजीवाद बाँकी छ

प्रचण्डले अहिले दलाल पुजीवाद र नोकरशाही पुजीवाद समस्याको जड भएको बताए । उनले भने, 'दलाल पूजीवाद र नोकरशाही पुजीवाद नै अहिलेको समस्या हो । रुप हेर्दा राज्य पार्टीहरुले चलाएको जस्तो देखिन्छ । राज्य पार्टी र पार्टीको विचारले भन्दा दलाल पुजीपतिको पैसाको बलले विचौलियाले खरिद गरेर चलाएको व्यवस्था हो यो ।' 

आफू नेतृत्वको सरकारले विचौलियाको सेटिङलाई भत्काउन खोजेको र सुशासन दिन खोज्दा सरकार ढलेको कुरा प्रचण्डले प्रष्ट पारे । उनले भने, 'हामी सरकारमा गएर विचौलियाको सेटिङलाई भत्काउन खोजेकै हो । सुशासन दिन खोजिएकै हो । विचौलियाको पैसाको भरमा सेटिङमा हुने काम रोकिएकै हो । भ्रष्टाचारविरुद्ध अभियान थालिएकै हो ।' 

अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको सडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र अन्त्य गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending