काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्नेसहित बाम एकतामा जोड दिएको छ । मंगलबार सम्पन्न पार्टीको स्थायी समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने विषयमा निर्णय गरेको र बाम एकतामा जोड दिएको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले प्रस्तुत गरेको समसामयिक प्रस्तावलाई बैठकले पारित गरेको छ । भोलि बस्ने पोलिटब्युरो बैठकमा थप छलफल गर्ने तयारी नेकपाको छ । स्थायी समितिका एक सदस्यले भने, भोलि बस्ने पोलिटब्युरो बैठकमा यस सम्बन्धमा छलफल हुनेछ । त्यस लगत्तै बस्ने केन्द्रीय समिति बैठकबाट पार्टी एकताका सन्दर्भमा निर्णय हुनेछ ।
नेकपा माओवादी केन्द्रले तत्काल पार्टी एकता गर्ने निर्णय नै गरेको विषयलाई स्थायी समिति बैठकले सकरात्मकरुपमा लिएको ती सदस्यले जानकारी दिए । तत्काल माओवादी केन्द्रसँग एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको समग्र एकतालाई अगाडि बढाउने विषयमा बैठक केन्द्रित रहेको थियो ।
अब नेकपाले पोलिटब्युरो र केन्द्रीय समिति बैठकबाट पार्टी एकताका लागि ठोस प्रस्ताव र जिम्मेवारी तोकेर अगाडि बढ्ने छ । नेकपाको पोलिटब्युरो र केन्द्रीय समिति बैठक पनि पार्टीको केन्द्रीय कार्यालय शिवगढी कपिलबस्तुमा बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: