Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

प्रतिनिधिको गाडीले ठक्कर दिएकी घाइते बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने

खबरडबली संवाददाता

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले ललितपुरको हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ ।

बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटना भवितव्य भएकाले महाधिवेशन अवरोध गर्न कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दु:ख व्यक्त गरे ।

‘गाडीले लागेको बालिकालाई अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले उनको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दु:ख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन्’, अध्यक्ष ओलीले भने, ‘यसमा हामी पनि दु:खी भएका छौँ र बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’

गोदावरी ललितपुर सनराइज सभाहलमा शुक्रबारको बन्दसत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन आज पेस हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक डा।विजय सुब्बाले प्रतिवेदन पेस गर्दैछन् । प्रतिवेदन पेस भएपछि १० समूहमा छलफल हुनेछ ।

निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेस हुँदै छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहोराले प्रतिवेदन पेस गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम जारी रहेकै बेला नेकपा एमाले का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर सहित चार जना नेता...

रास्वपाको 'वाचापत्र' : सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्ण...

एमालेले युवालाई १० जिबी निःशुल्क इन्टरनेट डाटा प्रदान गर्ने

काठमाडौं। नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्य...

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु, निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा निर्वाचनको समग्र ...

रास्वपाको घोषणा : सरकार बनेको सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाए १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद...

पाँच वर्षमा १५ लाख रोजगारी दिने कांग्रेसको योजना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएको छन । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘...

यस्तो छ रास्वपाको चुनावी वाचापत्र (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्ण...

प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ, डिबेटमा नजाने कुरा गलत व्याख्या: रवी लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...

कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने बालेन शाहको प्रतिबद्धता (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...

जतिबेला जनता जाग्यो, त्यतिबेला कचकच गर्न पाइँदैन: रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE