Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भाइबहिनीको रगतमा होली खेल्ने एमालेमा नबस्ने भन्दै मेयरका छोराले गरे पार्टीबाट विद्रोह

खबरडबली संवाददाता

दाङ ।  रूपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव प्रसाद खरेलका छोरा सुरज खरेलले नेकपा (एमाले) पार्टी परित्याग गरेका छन्। पार्टीको चौतर्फी आलोचना बढिरहेको समयमा उनले खुलेर पार्टीसँगको सम्बन्ध विच्छेद गर्दै सामाजिक सञ्जालमार्फत घोषणा गरे।

"मेरा बहिनीभाइको रगत सस्तो होइन" भन्दै सुरजले फेसबुकमा लेखेका छन् : “आजको दिनदेखि म नेकपा एमालेसँगको मेरो सम्पूर्ण सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु। निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिले अस्वीकार्य छ।”

स्टाटससँगै उनले आफ्नो पार्टी सदस्यता कार्डको फोटो समेत सार्वजनिक गरेका छन् ।
२०६६ साल चैत १८ गतेदेखि पार्टी सदस्य बनेका उनी हालसम्म युवा संघमार्फत सक्रिय रूपमा संलग्न थिए।

जेन–जी आन्दोलनमाथिको गोली प्रहारपछि सुरजजस्ता युवामा आक्रोश खुलेर बाहिर आएका छन् । “झन गर्वका साथ भन्छु— अब म यस्तो रगतले दागिएको पार्टीको सदस्य होइन,” उनले थप लेखेका छन् ।  यसअघि उनी युवा संघ लुम्बिनीका अध्यक्षसमेत रहेका थिए। तर पार्टीभित्रै असहमति बढेपछि उनलाई ‘अनुशासनहीन’ भन्दै पदबाट निलम्बन गरिएको थियो।

बाबु एमालेमा, छोरा सडकको स्वरमा

सुरजका पिता ध्रुव प्रसाद खरेल भने एमालेबाट निर्वाचित मेयर हुन्। छोरा–बुवाबीचको यो ‘राजनीतिक अन्तर’ अहिले सामाजिक सञ्जालमा चर्को बहसको विषय बनेको छ। कतिपयले यसलाई “पुस्तागत विद्रोह” भनेका छन्।

अहिले एमालेभित्रकै युवा पुस्ताले प्रश्न गर्न थालेपछि ‘आन्तरिक असन्तोष’ अझ बढ्ने संकेत देखिएकाे छ। सुरजको विद्रोह व्यक्तिगत मात्र नभई ‘नयाँ पुस्ताको सामूहिक पीडा र आक्रोशको प्रतिनिधि’ पनि हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending