Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

भाइबहिनीको रगतमा होली खेल्ने एमालेमा नबस्ने भन्दै मेयरका छोराले गरे पार्टीबाट विद्रोह

खबरडबली संवाददाता

दाङ ।  रूपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव प्रसाद खरेलका छोरा सुरज खरेलले नेकपा (एमाले) पार्टी परित्याग गरेका छन्। पार्टीको चौतर्फी आलोचना बढिरहेको समयमा उनले खुलेर पार्टीसँगको सम्बन्ध विच्छेद गर्दै सामाजिक सञ्जालमार्फत घोषणा गरे।

"मेरा बहिनीभाइको रगत सस्तो होइन" भन्दै सुरजले फेसबुकमा लेखेका छन् : “आजको दिनदेखि म नेकपा एमालेसँगको मेरो सम्पूर्ण सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु। निर्दोष बहिनी र भाइहरूको रगत बगाउने, नागरिकको पीडामाथि राजनीति गर्ने, जनताको आवाज दमन गर्ने यस्ता नालायक पार्टीमा बस्नु मेरो लागि नैतिक र मानवीय दृष्टिले अस्वीकार्य छ।”

स्टाटससँगै उनले आफ्नो पार्टी सदस्यता कार्डको फोटो समेत सार्वजनिक गरेका छन् ।
२०६६ साल चैत १८ गतेदेखि पार्टी सदस्य बनेका उनी हालसम्म युवा संघमार्फत सक्रिय रूपमा संलग्न थिए।

जेन–जी आन्दोलनमाथिको गोली प्रहारपछि सुरजजस्ता युवामा आक्रोश खुलेर बाहिर आएका छन् । “झन गर्वका साथ भन्छु— अब म यस्तो रगतले दागिएको पार्टीको सदस्य होइन,” उनले थप लेखेका छन् ।  यसअघि उनी युवा संघ लुम्बिनीका अध्यक्षसमेत रहेका थिए। तर पार्टीभित्रै असहमति बढेपछि उनलाई ‘अनुशासनहीन’ भन्दै पदबाट निलम्बन गरिएको थियो।

बाबु एमालेमा, छोरा सडकको स्वरमा

सुरजका पिता ध्रुव प्रसाद खरेल भने एमालेबाट निर्वाचित मेयर हुन्। छोरा–बुवाबीचको यो ‘राजनीतिक अन्तर’ अहिले सामाजिक सञ्जालमा चर्को बहसको विषय बनेको छ। कतिपयले यसलाई “पुस्तागत विद्रोह” भनेका छन्।

अहिले एमालेभित्रकै युवा पुस्ताले प्रश्न गर्न थालेपछि ‘आन्तरिक असन्तोष’ अझ बढ्ने संकेत देखिएकाे छ। सुरजको विद्रोह व्यक्तिगत मात्र नभई ‘नयाँ पुस्ताको सामूहिक पीडा र आक्रोशको प्रतिनिधि’ पनि हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending