काठमाडौँ । नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा भएको दु:खद् घटनाप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ।
कांग्रेस प्रवक्ता डा। प्रकाश शरण महतले विज्ञप्ति सार्वजनिक गर्दै युवा र केही सुरक्षाकर्मीको ज्यान गएकोप्रति दु:ख व्यक्त गरेको हो।
ुनवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दु:खद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दु:ख व्यक्त गर्दछ’, महतले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘धेरै युवा र केही सुरक्षाकर्मीले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दु:खदायी छ।’
कांग्रेसले मृतकमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गरेको छ।
‘हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधि शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको छ। देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाले अवश्य पनि यस्तो चाहेका थिएनन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भमा समेत आगजनी हुनु गम्भीर छ।’
कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेतामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गरेको छ।
विज्ञप्तिमा थप भनिएको छ, ‘कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन। यो जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथी एकजुट भएर आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ। लोकतान्त्रिक प्रक्रियाको पुन:स्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुनु आवश्यक छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - १७:५०
काठमाडौं । नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम जारी रहेकै बेला नेकपा एमाले का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर सहित चार जना नेता...
फाल्गुन ७ गते, २०८२ - १७:१८
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्ण...
फाल्गुन ७ गते, २०८२ - १६:५९
काठमाडौं। नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्य...
फाल्गुन ७ गते, २०८२ - १६:५०
काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा निर्वाचनको समग्र ...
फाल्गुन ७ गते, २०८२ - १६:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाए १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद...
फाल्गुन ७ गते, २०८२ - १६:२४
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएको छन । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘...
फाल्गुन ७ गते, २०८२ - १६:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्ण...
फाल्गुन ७ गते, २०८२ - १५:४९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...
फाल्गुन ७ गते, २०८२ - १५:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...
फाल्गुन ७ गते, २०८२ - १५:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...



प्रतिकृया लेख्नुहोस्: