नेपालगन्ज। देशभरका कैदी बन्दीजस्तै आफूहरु पनि भाग्न पाउनु पर्ने माग गर्दै नेपालगन्ज कारगारका कैदी बन्दीले कारागारभित्र नाराबाजी गर्दै आगजनी गरेका छन् ।
विहीबार अपरान्ह कारागारको भित्रिगेटमा भेला भएका उनीहरुले निकै बेरसम्म नाराबाजी गर्दै आगजनी र तोडफोड गरेका थिए । सुरक्षामा खटिएको नेपाली सेनाले धेरै बेरसम्म सम्झाई बुझाई गर्दा पनि कैदीहरुले उल्टै सेनामाथि आक्रमण गर्ने प्रयास गरेपछि सेनाले गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट एक जना कैदीको खुट्टामा गोली लागेको छ । उनलाई एम्बुलेन्स मार्फत् उपचारका लागि भेरी अस्पताल लगिएको छ । कैदीबन्दीले आगजनी गरेपछि त्यहाँ आएको दमकलले आगो नियन्त्रणमा लिएको छ । कारागारमा अहिले सेनाको नेतृत्वमा शसस्त्र र नेपाल प्रहरी गरेर धेरै ठुलो संख्यामा सुरक्षाकर्मीहरु उपस्थित छन् । उनीहरुले कारागारलाई चारैतिरबाट घेरेका छन् ।
अवस्था नियन्त्रणमा आए पनि तनावग्रस्त रहेको सुरक्षाकर्मीहरुले जनाएका छन् । यसैबिच, स्थानीय प्रशासनले बाँके जिल्लाभरी निषेधित क्षेत्र घोषणा गरेको छ । विहीबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभरि निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्रकाशित गर्नु भएको विज्ञप्तीमा जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: