काठमाडौं । अन्तरिम प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको नियुक्तिको तयारीस्वरूप शीतल निवासले गृह मन्त्रालयलाई स्वागत कार्यक्रमको तयारी गर्न निर्देशन दिएको छ। शुक्रबार बिहान गृह मन्त्रालयका कर्मचारीलाई आवश्यक तयारी थाल्न भनिएको गृह स्रोतले जानकारी दिएको छ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति प्रमुख दलहरू र राष्ट्रपति रामचन्द्र पौडेलबीच जुटेसँगै शीतल निवासमा चहलपहल बढेको हो।
अन्तरिम सरकारबारे परामर्शका क्रममा राष्ट्रपतिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफल गरेका थिए। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता वर्षमान पुनसँग राष्ट्रपति पौडेलले बिहीबार राति भेटवार्ता गरेका थिए।
सहमतिको आधारमा बिहीबार राति १२ बजे गृह मन्त्रालयका केही कर्मचारीहरूलाई शीतल निवास बोलाइएको थियो। तर अन्तिम निर्णय नहुँदा उनीहरूलाई फिर्ता पठाइएको थियो। आज बिहान भने फोनमार्फत तयारी थाल्न निर्देशन दिइएको हो।
यद्यपि, प्रतिनिधिसभा सदस्य नभएकी व्यक्तिलाई प्रधानमन्त्री कसरी नियुक्त गर्ने भन्ने संवैधानिक प्रश्नबारे राष्ट्रपतिले अझै कानुनविद्हरूसँग परामर्श गरिरहेका छन्। संविधानबमोजिमको प्रक्रिया अझै स्पष्ट नभएकाले राजनीतिक र कानुनी तहमा छलफल जारी रहेको बुझिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०९:३०
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...
माघ २ गते, २०८२ - ०९:२४
भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...
माघ २ गते, २०८२ - ०९:१९
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...




प्रतिकृया लेख्नुहोस्: