ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोलाका किसान अन्नबाली जोगाउन दिनरात बारीमै खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायतका वन्यजन्तुले बाली नष्ट गर्ने क्रम तीव्र भएपछि किसानको वर्षभरको पसिना संकटमा परेको छ ।
स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरधुरी प्रतिवर्ष वन्यजन्तुको आक्रमणका कारण पीडित हुने गरेका छन् ।
“पहिले भालु बढी पर्थ्यो, अहिले बँदेलको उत्पात चुलिएको छ,” उनले भने, “एउटा घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुन्छ ।”
मकै पाक्ने समय किसान रातभरै बारीमै डेरा हाल्न बाध्य छन्। “एउटा माउ र दुई बच्चा गरी तीनवटा बँदेल हरेक रात आउँछन् । मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन् । हामीले के खानु ?” बानियाँले दुःख पोखे । बँदेलले मकै मात्र नभई आलु, सिमी, पिँडालु र अन्य तरकारीसमेत सखाप पार्ने गरेको छ ।
निरन्तर क्षतिका कारण केही किसान बासाइँ सर्न थालेका छन् भने कतिपयले बारी बाँझो छाडेर वैकल्पिक पेशा रोजेका छन् । तर अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि स्थानीय तह वा सम्बन्धित निकायले ठोस पहल गरेको छैन ।
सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले हालसम्म बाली क्षतिको औपचारिक निवेदन नआएको जनाउँदै, “निवेदन आयो भने कार्यपालिकाले छलफल गरेर केही सहुलियत दिनेछ,” भन्ने आश्वासन दिइन् ।
डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानले भने २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’अनुसार मात्र राहत दिन सकिने बताए । “निर्देशिकामा १६ प्रजातिका जनावरबाट क्षति भएमा राहत दिने व्यवस्था छ, तर बँदेल त्यसमध्ये नपर्ने भएकाले किसानले राहत पाउने आधार छैन,” उनले स्पष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: