काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा सम्पन्न भयो। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य, नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका थिए।
बैठकमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले सम्बोधन गरे। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही तथा स्वतन्त्र सांसद महावीर पुनले धारणा राखे।
बैठक अवरोधबाट सुरु
बैठक सुरु हुनासाथ नेकपा एमालेले विरोध जनायो। एमाले सांसदहरू उठेर आपत्ति जनाएपछि अध्यक्ष केसीले एमाले सांसद गुरु बराललाई बोल्ने समय दिए। बरालले सरकारले संविधानको मौलिक हकविपरीत कार्य गरेको आरोप लगाए। एमाले सांसदहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति आपत्ति जनाएका थिए।
समय विवाद र हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई तोकिएको समय अपुग भएको गुनासो गर्दै समय सकिएपछि पनि बोलिरहे। सभाध्यक्ष केसीले दुई पटक समय सकिएको जानकारी गराउँदा पनि उनले मन्तव्य जारी राखेका थिए। सचिवालयले उनलाई सात मिनेट समय छुट्याएको थियो।
महावीर पुनको प्रस्तुति
स्वतन्त्र सांसद महावीर पुनले रोस्टममा पुग्दै आफू संसद्मा आउने व्यक्ति नभएको भन्दै हल्का हास्य प्रस्तुत गरे। उनले शिक्षामन्त्रीका रूपमा काम गर्दा सुधारका लागि अध्यादेश ल्याउन नसकेको उल्लेख गर्दै नयाँ सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। मन्तव्यका क्रममा शिक्षामन्त्री सस्मित पोखरेल नोट लिँदै देखिएका थिए।
गृहमन्त्रीको अध्यादेश प्रस्तुति
गृहमन्त्री सुदन गुरुङले तीन वटा अध्यादेश प्रस्तुत गरे। तर प्रक्रिया सम्बन्धी केही अलमल देखिएको थियो। अध्यक्षको निर्देशनपछि उनले अध्यादेश पेस गरे। मन्तव्यका क्रममा पानी मागेर पिएका गुरुङले अध्यादेश पढेर सुनाएका थिए।
बादलको आक्रामक सम्बोधन
नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारप्रति कडा आरोप लगाए। उनले भदौ २३ र २४ गतेका घटनाहरूमा रास्वपाको अप्रत्यक्ष संलग्नता रहेको दाबी गरे। मन्तव्यका क्रममा गृहमन्त्री गुरुङ असन्तुष्ट देखिएका थिए।
विपक्षी बेन्चमा प्रचण्ड–बादल
पूर्व सहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’ विपक्षी दलको बेन्चमा सँगै बसेका थिए। अन्य नेताहरू बोलिरहँदा उनीहरूबीच संवाद भइरहेको दृश्य देखिएको थियो।
बालेन–हर्क भेट
बैठकपछि प्रधानमन्त्री बालेन शाहले हर्क साम्पाङलाई अँगालो हालेर भेट गरेको दृश्यले पनि ध्यान तानेको थियो। भेटका क्रममा उनीहरूबीच छोटो संवाद भएको थियो।
नयाँ जनमतसहित गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक आरोप–प्रत्यारोप, प्रक्रिया सम्बन्धी जटिलता र केही अनौपचारिक दृश्यहरूका बीच सम्पन्न भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: