काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेन–जी पुस्ताले उठाएका मागहरू सम्बन्धी आफ्ना धारणा सार्वजनिक गर्दै हाल भइरहेको आन्दोलनमा पार्टीका कार्यकर्ताको संलग्नता रहेको आरोप अस्वीकार गरेको छ ।
उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनका मूल उद्देश्य र मागलाई समर्थन गर्दै प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरूले भित्रिएका कारण विध्वंस र वितण्डा मच्चिएको भन्दै ती गतिविधिप्रति कडा आपत्ति जनाएको उल्लेख छ ।
विज्ञप्तिमा पार्टीको केन्द्रीय कार्यालय, अध्यक्ष प्रचण्डलगायत नेता–कार्यकर्ताको घर र सम्पत्तिमा आगजनी र तोडफोड भएको तथ्य जनतासामु स्पष्ट भएको भन्दै, “यदि यस्ता गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही व्यक्ति संलग्न देखिए कडा कारबाही गर्न हामी तयार छौँ,” भनिएको छ ।
साथै, केही समूहले माओवादी कार्यकर्तालाई आरोपित गर्दै आधारहीन प्रचार गरिरहेको भन्दै विज्ञप्तिमा त्यस्ता दुष्प्रचारबाट भ्रममा नपर्न आम जनतालाई सचेत रहन अपिल गरिएको छ ।
सापकोटाले सरकारसँग यस्ता तोडफोड तथा हिंसात्मक घटनामा संलग्न वास्तविक दोषीलाई प्रमाणका आधारमा कडा कारबाही गर्न पनि आग्रह गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: