Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

सर्लाहीका यी आठ पालिकाले तत्काल सेवा दिन नसक्ने

खबरडबली संवाददाता

सर्लाही।आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको सर्लाहीका आधा दर्जन पालिकाको सेवा अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड भएका लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपूर्वा र ईश्वरपुर नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाको सेवा तत्काल सूचारु गर्न समस्या देखिएको हो ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, कम्प्युटरसहितका विद्युतीय उपकरण, फर्निचरलगायत सबै सरसामग्री खरानी भएकाले तत्कालै सेवा दिन सक्ने अवस्था नरहेको बताए।

प्रदर्शनकारीले गरेको आगजनीबाट लालबन्दीमा नगरप्रमुखले चढ्ने प्राडो, उपप्रमुखले चढ्ने टाटासुमो र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गरेको स्कारपियो गाडीसहित एउटा जेसिबी, एउटा डोजर, एउटा ट्रक र एउटा ट्याक्टर कवाडमा परिणत भएका छन् । प्रदर्शनकारीले लालबन्दी नगरपालिकाको वडा नं। ५, ६, ७ र ९ को वडा कार्यालयमा पनि आगजनी र तोडफोड गरेर क्षति पुर्‍याएका नगरपालिका कार्यालयले जनाएको छ ।

यस्तै, हरिवन नगरपालिका कार्यालयमा प्रदर्शनकारीले दमकलसमेत जलाएका छन् । नगरप्रमुख रमेश बुढाथोकी ९कमल० का अनुसार निर्माण सम्पन्न हुने क्रममा रहेको नगरपालिका भवनसहित भवनभित्रका सरसामग्री, कागजात, दमकल, ट्याक्टरलगायत आगजनी र तोडफोडबाट ध्वस्त भएका छन् ।

हरिवनमा वडा नं. ४, ८, १० र ११ को वडा कार्यालयसमेत आगजनीबाट खण्डहर बनेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिका कार्यालय र आगजनी भएका वडा कार्यालयको सेवा सूचारु हुन अझै केही दिन लाग्ने बताउनुभयो ।

यसैगरी नगरपालिका भवन, प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी, तीनवटा मोटरसाइकल र कार्यालयभित्रका सम्पूर्ण कागजात जलेको हरिपुर नगरपालिकाले तत्काल सेवा दिन नसक्ने जनाएको छ । हरिपुरका नगरप्रमुख गोपाल पजियारले अहिले क्षतिको विवरण सङ्कलन भइरहेकाले सेवा सूचारु हुन केही दिन लाग्ने बताए।

आगजनीबाट सबैभन्दा बढी सवारी साधन, कार्यालय भवन र कागजात जलेको बरहथवा नगरपालिकाले पनि अनिश्चितकालीन रुपमा सेवा बन्द गरेको छ । बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाका अनुसार आगजनीबाट नगरपालिकाको प्रशासनिक भवनसहित वडा नं. ५, ६ र ७ को वडा कार्यालय, एक थान ग्रेडर, एक थान ट्याक्टर, एक थान ब्याक हु लोडर, एक थान टिप्पर, निजीसमेत गरी १३ थान मोटरसाइकल, तीन थान स्कुटर र एक थान रोलर नष्ट भएका छन् ।

त्यसैगरी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सेवा दिन चाहिने चिजवस्तु सबै जलेकाले सेवा दिन गाह्रो परेको बताए। उनले जेनजी पुस्ताको नाउमा अराजक व्यक्ति प्रवेश गरेर गाउँपालिका कार्यालयमा आगजनी गरेर बर्बाद बनाएको बताए।

आगजनी र तोडफोडका कारण पालिकाबाट प्रवाह हुने सेवा ठप्प हुँदा अत्यावश्यक काम परेका सेवाग्राही मारमा परेका छन् । वडा कार्यालयमा समेत आगजनी हुँदा व्यक्तिगत घटना दर्तादेखि अन्य महत्त्वपूर्ण कामहरु रोकिन पुगेका छन् ।

यता जिल्लाका अन्य पालिका र सरकारी कार्यालय तथा निकायले भने आइतबारदेखि सेवा सुचारु गरेका छन् । प्रदर्शनकारीले पालिकाको कार्यालयबाहेक सदरमुकाम मलङ्गवासहित विभिन्न स्थानका सरकारी कार्यालय र सवारी साधनमा पनि आगजनी गरेर क्षति पुर्‍याएका छन् ।

जेनजीको आन्दोलनपछि कतिपय कर्मचारी अझै कार्यालयमा फर्किसकेका छैनन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण धमाधम सङ्कलन भइरहेको जानकारी दिए।

अवस्था सामान्य बनेपछि सर्लाहीमा यातायात, विद्यालय र हाटबजार भने निर्वाधरुपमा सञ्चालन हुन थालिसकेका छन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम जारी रहेकै बेला नेकपा एमाले का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर सहित चार जना नेता...

रास्वपाको 'वाचापत्र' : सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्ण...

एमालेले युवालाई १० जिबी निःशुल्क इन्टरनेट डाटा प्रदान गर्ने

काठमाडौं। नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्य...

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु, निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा निर्वाचनको समग्र ...

रास्वपाको घोषणा : सरकार बनेको सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाए १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद...

पाँच वर्षमा १५ लाख रोजगारी दिने कांग्रेसको योजना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएको छन । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘...

यस्तो छ रास्वपाको चुनावी वाचापत्र (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्ण...

प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ, डिबेटमा नजाने कुरा गलत व्याख्या: रवी लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...

कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने बालेन शाहको प्रतिबद्धता (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...

जतिबेला जनता जाग्यो, त्यतिबेला कचकच गर्न पाइँदैन: रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE