Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

सर्लाहीका यी आठ पालिकाले तत्काल सेवा दिन नसक्ने

खबरडबली संवाददाता

सर्लाही।आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको सर्लाहीका आधा दर्जन पालिकाको सेवा अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड भएका लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपूर्वा र ईश्वरपुर नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाको सेवा तत्काल सूचारु गर्न समस्या देखिएको हो ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, कम्प्युटरसहितका विद्युतीय उपकरण, फर्निचरलगायत सबै सरसामग्री खरानी भएकाले तत्कालै सेवा दिन सक्ने अवस्था नरहेको बताए।

प्रदर्शनकारीले गरेको आगजनीबाट लालबन्दीमा नगरप्रमुखले चढ्ने प्राडो, उपप्रमुखले चढ्ने टाटासुमो र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गरेको स्कारपियो गाडीसहित एउटा जेसिबी, एउटा डोजर, एउटा ट्रक र एउटा ट्याक्टर कवाडमा परिणत भएका छन् । प्रदर्शनकारीले लालबन्दी नगरपालिकाको वडा नं। ५, ६, ७ र ९ को वडा कार्यालयमा पनि आगजनी र तोडफोड गरेर क्षति पुर्‍याएका नगरपालिका कार्यालयले जनाएको छ ।

यस्तै, हरिवन नगरपालिका कार्यालयमा प्रदर्शनकारीले दमकलसमेत जलाएका छन् । नगरप्रमुख रमेश बुढाथोकी ९कमल० का अनुसार निर्माण सम्पन्न हुने क्रममा रहेको नगरपालिका भवनसहित भवनभित्रका सरसामग्री, कागजात, दमकल, ट्याक्टरलगायत आगजनी र तोडफोडबाट ध्वस्त भएका छन् ।

हरिवनमा वडा नं. ४, ८, १० र ११ को वडा कार्यालयसमेत आगजनीबाट खण्डहर बनेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिका कार्यालय र आगजनी भएका वडा कार्यालयको सेवा सूचारु हुन अझै केही दिन लाग्ने बताउनुभयो ।

यसैगरी नगरपालिका भवन, प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी, तीनवटा मोटरसाइकल र कार्यालयभित्रका सम्पूर्ण कागजात जलेको हरिपुर नगरपालिकाले तत्काल सेवा दिन नसक्ने जनाएको छ । हरिपुरका नगरप्रमुख गोपाल पजियारले अहिले क्षतिको विवरण सङ्कलन भइरहेकाले सेवा सूचारु हुन केही दिन लाग्ने बताए।

आगजनीबाट सबैभन्दा बढी सवारी साधन, कार्यालय भवन र कागजात जलेको बरहथवा नगरपालिकाले पनि अनिश्चितकालीन रुपमा सेवा बन्द गरेको छ । बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाका अनुसार आगजनीबाट नगरपालिकाको प्रशासनिक भवनसहित वडा नं. ५, ६ र ७ को वडा कार्यालय, एक थान ग्रेडर, एक थान ट्याक्टर, एक थान ब्याक हु लोडर, एक थान टिप्पर, निजीसमेत गरी १३ थान मोटरसाइकल, तीन थान स्कुटर र एक थान रोलर नष्ट भएका छन् ।

त्यसैगरी, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सेवा दिन चाहिने चिजवस्तु सबै जलेकाले सेवा दिन गाह्रो परेको बताए। उनले जेनजी पुस्ताको नाउमा अराजक व्यक्ति प्रवेश गरेर गाउँपालिका कार्यालयमा आगजनी गरेर बर्बाद बनाएको बताए।

आगजनी र तोडफोडका कारण पालिकाबाट प्रवाह हुने सेवा ठप्प हुँदा अत्यावश्यक काम परेका सेवाग्राही मारमा परेका छन् । वडा कार्यालयमा समेत आगजनी हुँदा व्यक्तिगत घटना दर्तादेखि अन्य महत्त्वपूर्ण कामहरु रोकिन पुगेका छन् ।

यता जिल्लाका अन्य पालिका र सरकारी कार्यालय तथा निकायले भने आइतबारदेखि सेवा सुचारु गरेका छन् । प्रदर्शनकारीले पालिकाको कार्यालयबाहेक सदरमुकाम मलङ्गवासहित विभिन्न स्थानका सरकारी कार्यालय र सवारी साधनमा पनि आगजनी गरेर क्षति पुर्‍याएका छन् ।

जेनजीको आन्दोलनपछि कतिपय कर्मचारी अझै कार्यालयमा फर्किसकेका छैनन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण धमाधम सङ्कलन भइरहेको जानकारी दिए।

अवस्था सामान्य बनेपछि सर्लाहीमा यातायात, विद्यालय र हाटबजार भने निर्वाधरुपमा सञ्चालन हुन थालिसकेका छन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending