Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

नेपालगन्ज उपमहानगरलाई सेवा विस्तार गर्न ताकेता

खबरडबली संवाददाता

नेपालगन्ज। नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले नेपालगन्ज उपमहानगरपालिकालाई प्रथम सेवा विन्दुका रुपमा सेवा विस्तार गर्न ताकेता गरेको छ ।

उपमहानगरपालिकालाई बिमामा आवद्ध भएका बिरामीलाई स्वास्थ्य सेवा दिन बोर्डले पटकपटक ताकेता गर्दै आए पनि अहिलेसम्म सेवा विस्तार भने हुन सकेको छैन । पछिल्लो पटक बोर्डले केही दिन अघि पत्र लेख्दै स्थानीय नागरिकलाई स्वास्थ्य बिमाको सुविधा दिन प्रथम सेवा विन्दुका रुपमा सेवा विस्तार गर्न नेपालगन्ज उपमहानगरलाई ताकेता पत्र पठाएको हो ।

भेरी अस्पताललाई तीन महिनाका लागि तोकिएको प्रथम सेवा विन्दुको समय सकिनै लाग्दा बोर्डले पुन: नेपालगन्ज उपमहानगरपालिकालाई सेवा विस्तार गर्न ताकेता गरेको जनाइएको छ । भेरी अस्पतालले आगामी कात्तिक १ गतेदेखि प्रेषण केन्द्रका रुपमा मात्रै सेवा दिने छ ।

स्वास्थ्य बिमा बोर्डले भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई प्रेषण अस्पतालका रुपमा मात्रै सेवा दिन परिपत्र गरेको छ । यी अस्पतालहरुले बिमामा आवद्ध भएका रिफर गरिएका बिरामीहरुलाई मात्रै उपचार सेवा प्रवाह गर्नेछन् ।

बिमा बोर्डले बाँकेमा प्रथम सेवा विन्दुका रुपमा नगर अस्पताल कोहलपुर, लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुर, खजुरा प्राथमिक स्वास्थ्य केन्द्र र बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ । बिमित बिरामीहरुले पहिलो चरणमा प्रथम सेवा विन्दुबाट सेवा लिनु पर्नेछ ।

प्रथम सेवा विन्दुबाट रिफर भएका बिरामीहरुले मात्र प्रेषण केन्द्रका रुपमा रहेका अस्पताल मध्ये जुनसुकैबाट पनि सेवा लिन पाउने छन् । तर नेपालगन्ज उपमहानगरपालिकामा प्रथम सेवा विन्दु नभएकाले बोर्डले तत्काल तीन महिनाका लागि भेरी अस्पताललाई प्रथम सेवा विन्दुकै रुपमा सेवा दिन पत्र पठाएको थियो ।

सङ्घीय अस्पताल, विशिष्टिकृत अस्पताल, प्रतिष्ठानहरुमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु राख्न कानूनी तथा सिद्धान्तत: वैज्ञानिक नहुने भएकाले नेपालगन्ज उपमहानगरपालिकालाई आधारभूत अस्पताल, नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा चिकित्सक दरवन्दी स्वीकृत भएको नगर शहरी प्रवर्धन केन्द्रबाट स्वास्थ्य बिमा सेवा विस्तार गर्न बोर्डले ताकेता गरेको छ ।

भेरी अस्पतालले प्रेषण गरिएका बिरामीमात्रै हेर्ने भएकाले नेपालगन्ज उपमहानगरपालिकाले प्रथम सेवा विन्दु विस्तार नगरे नगरबासीले स्वास्थ्य बिमा सेवा पाउनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने देखिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम जारी रहेकै बेला नेकपा एमाले का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर सहित चार जना नेता...

रास्वपाको 'वाचापत्र' : सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्ण...

एमालेले युवालाई १० जिबी निःशुल्क इन्टरनेट डाटा प्रदान गर्ने

काठमाडौं। नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्य...

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु, निर्वाचन सुरक्षाबारे छलफल

काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा निर्वाचनको समग्र ...

रास्वपाको घोषणा : सरकार बनेको सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाए १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद...

पाँच वर्षमा १५ लाख रोजगारी दिने कांग्रेसको योजना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएको छन । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘...

यस्तो छ रास्वपाको चुनावी वाचापत्र (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्ण...

प्रश्नको ठेक्का कसैलाई दिएका छैनौँ, डिबेटमा नजाने कुरा गलत व्याख्या: रवी लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...

कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने बालेन शाहको प्रतिबद्धता (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...

जतिबेला जनता जाग्यो, त्यतिबेला कचकच गर्न पाइँदैन: रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE