काठमाडौँ। धन भएर मात्र हुँदैन, समाजसेवा गर्नका लागि मन पनि चाहिन्छ । यिनै मनकारीहरूको सक्रियता र पहलमा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका वडा नं। ११ मा जलेर ध्वस्त भएको ट्राफिक प्रहरी प्रभाग कार्यालय तयार भएर सञ्चालनमा आएको छ ।
भदौ २३ गते नयाँ बानेश्वरमा भएको जेन्जी समूहको प्रदर्शन घुसपैठ भएर हिंसामा परिणत भएपछि १७ युवाको निधन भयो, त्यसको आक्रोशमा भदौ २४ गते निस्किएको विरोध जुलुसमा सहभागी केही उच्छृङ्खल व्यक्तिले ट्राफिक कार्यालय जलाएर नष्ट गरिदिए ।
जनताकै सेवाका लागि स्थापना गरिएको कार्यालय जलाएर सुरक्षाकर्मीलाई विस्थापित गरेपछि स्थानीयवासीको मन रोयो । उनीहरूले २५ गते नै आएर कार्यालय सफा गरे। कार्यालय परिसरमा राखेका कम्तीमा ८० वटा मोटरसाइकल जले । तिनका अवशेषलाई पनि कुनामा थुपारियो ।
नयाँ वस्ती टोलसुुधार समितिको पहलमा कार्यालय सञ्चालनमा आएको छ । अहिले हेर्दा यो कार्यालय जलेको थियो भनेर कसैले भन्न नसक्ने गरी चिटिक्क पारिएको छ । बाहिरी निर्माण कार्य सकिए पनि भित्रको रङरोगन गर्ने, धारा जडान गर्ने कार्य जारी छ । यस कार्यको अगुवा गर्नेमा स्थानीयवासी राजकुमार लामिछाने, विश्वनाथ मुडभरी, तोरणबहादुर रिजाल, ध्रुव भट्ट, नारायण सापकोटा, वासु श्रेष्ठलगायत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - १७:५०
काठमाडौं । नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम जारी रहेकै बेला नेकपा एमाले का पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामवीर मानन्धर सहित चार जना नेता...
फाल्गुन ७ गते, २०८२ - १७:१८
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्ण...
फाल्गुन ७ गते, २०८२ - १६:५९
काठमाडौं। नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्य...
फाल्गुन ७ गते, २०८२ - १६:५०
काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा निर्वाचनको समग्र ...
फाल्गुन ७ गते, २०८२ - १६:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाए १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद...
फाल्गुन ७ गते, २०८२ - १६:२४
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएको छन । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘...
फाल्गुन ७ गते, २०८२ - १६:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्ण...
फाल्गुन ७ गते, २०८२ - १५:४९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी बहसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति ग...
फाल्गुन ७ गते, २०८२ - १५:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको विकास र पहिचान बोकेर संसद्मा जाने प्रतिवद्धता व्यक्त गरेका छन्। ...
फाल्गुन ७ गते, २०८२ - १५:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले जनता जागेको समयमा अन्य दलका नेता–कार्यकर्ताले कचकच गरेको भन्दै आलोचना गरेका छन्। ...



प्रतिकृया लेख्नुहोस्: