Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

ट्रम्पको दोस्रो राजकीय भ्रमणमा बेलायतको भव्य तयारी

खबरडबली संवाददाता

लन्डन। विन्डसर क्यासलमा ५० मिटर लामो महोगनी (एक प्रकारको वृक्ष) टेबल सजिँदैछ, शाही गाडी तान्ने घोडा अभ्यास गर्दै छन् र सैन्य गार्डले सटीक अभ्यास गरिरहेका छन् ।  

लन्डनको पश्चिममा रहेको करिब एक हजार वर्ष पुरानो महलको हल र मैदाभरि सयौँ मानिसहरूले राजा चाल्र्स तृतीयले यस हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो राजकीय भ्रमणमा स्वागत गर्न सम्भव भएसम्म उत्तम प्रदर्शन गर्न सुनिश्चित गर्न काम गरिरहनु भएको छ । यो भ्रमण, चम्किलो मुकुट, ब्रास ब्यान्ड र दुई सय वर्ष पुरानो चाँदीमा पस्किने भोजसहित बेलायतले विशेष पाहुनालाई दिने बेलायतमा अन्य कतै नभएको भव्यता र समारोहको प्रदर्शन हो । 

तर यसको उद्देश्य स्पष्ट छ(ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिका कारण कमजोर भएको व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउनु । शाही इतिहासकार रोबर्ट लेसी भन्नुहुन्छ, “यदि ट्रम्पले विन्डसर क्यासलमा बस्ने मौका पाउनुभएन भने उहाँ आउनुहुन्न, बरु स्वर्गीय महारानीलाई श्रद्धाञ्जलि दिन र राजालाई भेट्न चाहनुहुन्छ ।”

सफ्ट पावरको प्रयोग

राजनीतिक शक्ति त्यागेर औपचारिक भूमिकामा सीमित भए पनि शाही परिवार ‘सफ्ट पावर’ को शक्तिशाली साधन बनेको छ । राजकीय भ्रमण शाही कूटनीतिको सर्वोच्च औजार हो, जसका लागि विश्व नेता प्रतिस्पर्धा गर्छन् । स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले सात दशक लामो शासनमा तानाशाहदेखि नेल्सन मन्डेलासम्मलाई आतिथ्य दिनुभएको थियो । 

पछिल्ला चार अमेरिकी राष्ट्रपति पनि शाही आतिथ्यको हिस्सा भएका छन् । न्युक्यासल विश्वविद्यालयका विज्ञ मार्टिन फारका अनुसार यस्ता आतिथ्यले मित्रताको भावना जगाउँछ, जसले ‘अनुरोधलाई सजिलै स्वीकार गर्ने वातावरण’ बनाउँछ । यस पटक बेलायत अनुकूल व्यापार सर्त र युक्रेनबारे सहयोग खोजिरहेको छ ।

त्यसैले प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पाँच सातापछि वासिङ्टन पुगेर राजकीय निमन्त्रणा दिएको थिए । विश्व नेतामध्ये पहिलो पटक ट्रम्पले दोस्रो राजकीय भ्रमण पाएको हो र यस पटक निमन्त्रणा राजाको व्यक्तिगत पत्रमार्फत आएको थियो ।

-उद्देश्यसहित आतिथ्य सत्कार

मङ्गलबार राति ट्रम्प र मेलानिया बेलायत पुग्नु हुने छ । बुधबार राजा चाल्र्स र रानी क्यामिलाले उहाँहरूलाई विन्डसर एस्टेटमा स्वागत गर्नुहुनेछ । गार्ड अफ अनर, सैन्य ब्यान्ड र दुवै देशका राष्ट्रिय गान बजाइनेछन् । सैन्य अभ्यास महिनौँ अगाडि सुरु भइसकेको छ । सयौँ सैनिक, माउन्टेड गार्ड, फुट गार्ड र सङ्गीतकारले कार्यक्रमलाई भव्य बनाउने छन् । 

कार्यक्रमपछि ट्रम्पले बेलायत-अमेरिकाको साझा इतिहास झल्काउने प्रदर्शनी हेर्नु हुने छ, जसमा म्याग्ना कार्टाजस्ता ऐतिहासिक कागजात देखाइने सम्भावना छ । मुख्य आकर्षण भने बुधबार रातिको राजकीय भोज हुने छ । पुरुषले सेतो टाई र पुच्छर कोट लगाउने छन्, महिलाले गाउन र गहना । प्राचीन क्यान्डेलाब्राको उज्यालोमा मुकुट चम्किने छन् ।

-विशाल भोज र कूटनीतिक सन्देश:

राजा र रानीले पाहुनालाई वाटरलू टेबलमा भोज दिनु हुने छ । टेबलको लम्बाइ फुटबल मैदानको आधा बराबर छ र एक सय ६० पाहुनाका लागि ठाउँ छ । यो टेबल सजाउन पाँच दिन लाग्छ र चार हजारभन्दा बढी चाँदी(सुनका भाँडाकुँडाले सजाइने छ । शाही जीवनीकार ह्युगो विकर्स भन्छन्, “चाँदी र समारोहले मेलमिलापको बाटो खोल्छ, जुन एलिजाबेथको विश्वास थियो ।”

उनका अनुसार प्रधानमन्त्री स्टार्मरले राजाको माध्यमबाट ट्रम्पलाई आकर्षित गर्नु भएको छ र यसै मार्फत युक्रेनलगायत संवेदनशील मुद्दामा सकारात्मक छलफल सम्भव हुने छ । मुख्य छलफल बिहीबार चेकर्समा हुने छ, जहाँ ट्रम्प र स्टार्मरबिच भेट हुने छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending