काठमाडौँ। जेन–जी आन्दोलन र त्यसपछिको असामान्य अवस्थाका कारण नेपालमा आयोजना भइरहेका र आयोजनाको चरणमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता धमाधम स्थगित गरिएको छ ।
सामेबार र मङ्गलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुन लागेको नेपाल–बङ्गलादेशबिचको अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित गरिएको छ ।
सिरिज नेपाल रग्वी सङ्घले देशको स्थिति सामान्य भएपछि सिरिजको नयाँ मिति सार्वजनिक गरिने पनि जनाएको छ । यसअघि सिरिजअन्तर्गत ३० गते रग्बी सेभेन्सका दुई तथा ३१ गते फिफ्टिन्सको एक खेल हुने तय थियो ।
यस्तै जेन–जी ओन्दोलनकै कारण यसअघि पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) प्रतियोगिता पनि खेलको बिचमै स्थगित भएको थियो । खेल स्थगित भएपछि प्रतियोगिता खेल्न नेपाल खाएका विदेशका खेलाडी समेत आ–आफ्नै देश फर्किएका छन् ।
यसअघि आइतबार मात्र नेपाल भलिबल सङ्घको आयोजानमा नोभेम्बर १५ देखि २२ तारिखसम्म काठमाडौँको टुँडिखेलमा हुने काभा महिला नेसन्स लिग भलिबल पनि स्थगित गर्ने निर्णय गरिएको थियो ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० को बोर्ड अफ एड्मिनिस्ट्रेसनको बैठकले जेन–जी आन्दोलनका कारण नेपालको पछिल्लो अवस्थाका कारण प्रतियोगिता स्थगित गरेको हो ।
यस्तै नेपालगन्जमा असोज ३ गते आयोजना तय भएको नेपालगन्ज १० नाइट रन पनि स्थगित भएको छ । यी स्थगित भएका खेलकुदका प्रतिनिधि प्रतियोगिता मात्र हुन आयोजानको तयारीमा रहका अन्य प्रतियोगिता पनि जेन–जी आन्दोलन र त्यसपछि सृजना भएको असहज अवस्थाले बन्द हुने अवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: