काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आगामी निर्वाचनमा आफ्नै राजनीतिक दल गठन गरेर चुनावमा होमिने तयारीमा गाेप्य रुपमा सक्रिय भएको बताइएकाे छ ।
स्वतन्त्र उम्मेदवारको रूपमा २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको नेतृत्व सम्हाल्दै व्यापक लोकप्रियता कमाएका बालेनले अब आफ्नो प्रभावलाई देशव्यापी बनाउने उद्देश्यका साथ नयाँ दलको रूपरेखा तयार गर्न थालेको स्रोतहरू बताउँछन् ।
बालेनको नेतृत्वमा हालै देखिएको ‘जेनजी आन्दोलन’ले युवाहरूमा राजनीतिक चेतना र वैकल्पिक शक्ति निर्माणको उत्साह बढाएको छ । सोही पृष्ठभूमिमा उनका निकट सहयोगी र समर्थकहरूले दल दर्ता, संगठन निर्माणदेखि नीतिगत एजेन्डासम्मको गृहकार्य सुरु गरिसकेको बताइन्छ । उनीहरूले आगामी संघीय र प्रदेश निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मात्रै होइन, संगठित पार्टीको रूपमा प्रवेश गर्नेसम्मको योजना अघि सारेका छन् ।
यो अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठको सहभागिता विशेष चासोको विषय बनेको छ । केही समयअघि रास्वपा परित्याग गरेकी उनले बालेनसँग मिलेर नयाँ राजनीतिक दल गठनको तयारीलाई गति दिइरहेको पार्टी निकट स्रोतको भनाइ छ । गत हप्तामात्र उनले धनगढीका मेयर गोपाल हमालसँग भेटघाट गरी दल गठनका सम्भावित रूपरेखा र सहकार्यका विषयमा विस्तृत छलफल गरेको उल्लेख छ । यस्तै, धरानका मेयर हर्क साम्पाङसहित अन्य स्वतन्त्र रूपमा निर्वाचित स्थानीय तहका प्रमुखहरूसँग पनि छलफल अघि बढाउने तयारी भइरहेको बताइएको छ ।
नयाँ दललाई बलियो वैकल्पिक शक्ति बनाउने रणनीतिअन्तर्गत बालेन र सुमना नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका ठूला दलका असन्तुष्ट नेताहरूलाई पनि आफ्नो अभियानमा सहभागी गराउने सोचमा छन् । स्रोतका अनुसार, यी दलका असन्तुष्ट नेताहरूसँगको सहकार्यले नयाँ दललाई संगठनात्मक मात्र नभई विचारधारात्मक रुपमा पनि मजबुत बनाउने लक्ष्य राखिएको छ ।
"बालेन र सुमना स्वतन्त्र र वैकल्पिक राजनीतिक शक्तिलाई एउटै छातामुनि ल्याएर नयाँ विकल्पको परिकल्पना गर्दैछन्," स्रोतले भन्यो, "विशेषगरी स्थानीय तहमा स्वतन्त्र उम्मेदवारका रूपमा सफलता हासिल गरेका मेयर र नेताहरूसँग सहकार्यलाई उनीहरूले प्राथमिकता दिएका छन् ।"
काठमाडौंको मेयर पदमा निर्वाचित भएदेखि नै युवा, स्वतन्त्र र परिवर्तन चाहने मतदातामाझ लोकप्रिय बनेका बालेनको यो कदमले नेपालको राजनीतिक परिदृश्यमा नयाँ बहस र तरंग ल्याउने देखिएको छ । विश्लेषकहरूका अनुसार, उनको नयाँ दलले स्थापित राजनीतिक शक्तिहरूलाई चुनौती दिने सम्भावना रहेको छ, जसले आगामी निर्वाचनमा शक्ति समीकरणमा ठुलो प्रभाव पार्न सक्छ ।
बालेनले शुसिला कार्कीकाे नेतृत्वमा गठन भएकाे हालकाे अन्तरिम सरकारमा पनि प्रधानमन्त्रीमा कार्कीलाई समर्थन गरे आफुनिकट मानिनलाई मन्त्री बनाएका छन् । यस अघि हाल उर्जामन्त्री बनेका कुलमान घिसिङ लगायत मिलेर नयाँ पार्टी खाेल्ने चर्चासमेत चलेकाे थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: