काठमाडौं । संसद् विघटनको विरोधमा उभिएका प्रमुख राजनीतिक दलहरू अब भने निर्धारित मिति अनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नुपर्ने पक्षमा उभिन थालेका छन्।
जेन–जी आन्दोलनको दबाबमा बनेको अन्तरिम सरकारको सिफारिसमा संसद् विघटन भएपछि दलहरूले यसको विरोध गर्दै आएका थिए। तर सोमबार प्रमुख दलका दोस्रो तहका नेताहरूले देशलाई थप संवैधानिक र राजनीतिक अन्यौलमा लैजानु नहुने भन्दै निर्वाचन आवश्यक भएको धारणा सार्वजनिक रूपमा व्यक्त गरेका छन्।
प्रतिनिधिसभा विघटनपछि उत्पन्न संवैधानिक रिक्तता र राजनीतिक अस्थिरताप्रति दलहरू चिन्तित छन्। कांग्रेसका महामन्त्री गगन थापाले निष्पक्ष निर्वाचन र संविधानको रक्षा अहिलेको प्रमुख कार्यभार भएको बताए।
उनले संसद् विघटनले सिर्जना गरेको संवैधानिक अन्यौललाई ढिलोचाँडो संवैधानिक निरूपण गरिने विश्वास व्यक्त गरे। ‘आजको परिस्थिति यथार्थ हो, यसलाई स्वीकार गरेर निर्वाचन सुनिश्चित गर्नुपर्छ,’ थापाले भने, ‘जिम्मेवार लोकतान्त्रिक दलको नाताले निर्वाचन गराउने सरकारलाई सहयोग गरौँ।’
थापाले सरकार जिम्मेवारीबाट विचलित भए खबरदारी गर्नुपर्ने पनि स्पष्ट पारे। साथै, उनले आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न निरन्तर दबाब आवश्यक भएको बताए।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले निर्वाचन नहुँदा देश थप संकटतर्फ जाने खतरा औंल्याए। श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आजको मुख्य कार्यभारका रूपमा प्रस्तुत गर्दै जेन–जी आन्दोलनले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने धारणा राखे।
एमाले महासचिव शंकर पोखरेलले पनि पार्टी निर्वाचनको पक्षमा रहेको बताएका छन्। उनले अन्तरिम सरकारको प्रमुख कर्तव्य समयमै निर्वाचन गराउने रहेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे।
यद्यपि, निर्वाचनको समर्थन गर्दै आएका दलहरूले औपचारिक तथा संस्थागत निर्णय भने गरेका छैनन्। संसद् विघटनको विरोधमा यसअघि कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गरी संसद् पुनःस्थापनाको माग गरेका थिए।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने पहिले नै संसद् विघटन र निर्वाचन घोषणाको स्वागत गर्दै आएको छ। पार्टी प्रवक्ता मनीष झाले २७ भदौमा जारी विज्ञप्तिमा सुशासनका लागि नयाँ सरकार र निर्वाचनको निर्णय सकारात्मक भएको बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: