Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिइने

खबरडबली संवाददाता

काठमाडौं । चाडपर्वलक्षित यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि सार्वजनिक यातायात सेवाप्रदायकले लामो तथा मध्यम दुरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने भएको छ । 

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबिच मङ्गलबार भएको बैठकले अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको हो तर कहिलेदेखि अग्रिम टिकट खुला हुन्छ भन्ने कुरा खुलाइएको छ । व्यवसायीले भने दसैँ, तिहार र छठ पर्वका अवसरमा खुला गरिँदै आएको अग्रिम टिकट बुकिङ यस पटक भने औपचारिक रूपमा खुला नहुने बताएका छन् । 

बर्सातले भत्किएका राजमार्ग, सडक सुरक्षाको चुनौती, मौसमको अवस्था र यात्रुको चाप हुँदा लुटपाट हुन सक्ने भन्दै औपचारिक रूपमा अग्रिम बुकिङ घोषणा नगरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्ष विजयबहादुर स्वाँरले भने, “तीनरचार दिनअघिसम्मको टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएकाले यात्रुले आफू अनुकूल टिकट लिएर यात्रा गर्न सकिन्छ ।” 

तर विभागले भने अग्रिम टिकट बुकिङ व्यवस्थालाई निरन्तरता दिन भन्दै १९ बुँदे निर्णय सार्वजनिक गरेको छ । दसैँलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सुरक्षित र सहज बनाउनका लागि भन्दै विभिन्न निर्णय गरेको हो । विभागका अनुसार दसैँको समयमा यात्रा सुरक्षित बनाउन लामो दुरीका सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।

उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने यात्रुलाई सहजीकरण गर्न नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदीरनाडाको सहयोग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ । १८ वर्ष पूरा नभएका व्यक्तिलाई चालकका रूपमा काममा लगाउन पाइने छैन ।

चाडपर्वका बेला यात्रुवाहक सवारी यातायातको चाप अत्यधिक बढ्न गई सडक दुर्घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावकारी अनुगमन र निगरानीको व्यवस्था मिलाउने निर्णय गरेको छ । असोज ६ देखि २० गतेसम्म अत्यावश्यक वस्तु बोक्नेबाहेक ठुला सवारीसाधन नारायणगढदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको छ । त्यस्तै घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुलालगायतका निर्णय गरिएको छ । 

दसैँलक्षित भाडादर पारदर्शी बनाउन, अनलाइन टिकटलाई प्राथमिकता दिन, सवारीसाधनको मर्मत गरेर मात्रै चलाउन, सिटको क्षमताभन्दा बढी यात्रु नबोक्न पनि विभागले आग्रह गरेको छ ।

तर बर्सातमा सडक भत्किएको र सडक जामले गर्दा काठमाडौँ आउने बस समयमा आइनपुग्ने हुँदा यात्रुलाई सास्ती हुन सक्ने भएकाले पनि बुकिङको घोषणा नगरिएको महासङ्घले जनाएको छ । 

अध्यक्ष स्वाँरले भने, “सबै हिसाबले हेर्दा विगतमा जस्तो दसैँको चहलपहल यस पटक होला जस्तो देखिँदैन । विद्यार्थी जिल्ला फर्किसकेका छन् । घटस्थापनाबाट बिदा भएपछि बाँकी विद्यार्थी जान्छन् । अहिले पनि तीनरचार दिनअगाडि टिकट काट्न मिल्छ । सवारीको अभाव हुन दिन्नौँ ।” 

विगतमा घटस्थापनादेखि मात्रै उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने गरेकामा अहिले घटस्थापनाअघिदेखि नै यात्रु बाहिरिएका छन् । पछिल्लो तीन दिनमा करिब चार लाख यात्रु बाहिरिएको महासङ्घले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending