Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिइने

खबरडबली संवाददाता

काठमाडौं । चाडपर्वलक्षित यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि सार्वजनिक यातायात सेवाप्रदायकले लामो तथा मध्यम दुरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने भएको छ । 

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबिच मङ्गलबार भएको बैठकले अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको हो तर कहिलेदेखि अग्रिम टिकट खुला हुन्छ भन्ने कुरा खुलाइएको छ । व्यवसायीले भने दसैँ, तिहार र छठ पर्वका अवसरमा खुला गरिँदै आएको अग्रिम टिकट बुकिङ यस पटक भने औपचारिक रूपमा खुला नहुने बताएका छन् । 

बर्सातले भत्किएका राजमार्ग, सडक सुरक्षाको चुनौती, मौसमको अवस्था र यात्रुको चाप हुँदा लुटपाट हुन सक्ने भन्दै औपचारिक रूपमा अग्रिम बुकिङ घोषणा नगरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्ष विजयबहादुर स्वाँरले भने, “तीनरचार दिनअघिसम्मको टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएकाले यात्रुले आफू अनुकूल टिकट लिएर यात्रा गर्न सकिन्छ ।” 

तर विभागले भने अग्रिम टिकट बुकिङ व्यवस्थालाई निरन्तरता दिन भन्दै १९ बुँदे निर्णय सार्वजनिक गरेको छ । दसैँलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सुरक्षित र सहज बनाउनका लागि भन्दै विभिन्न निर्णय गरेको हो । विभागका अनुसार दसैँको समयमा यात्रा सुरक्षित बनाउन लामो दुरीका सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।

उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने यात्रुलाई सहजीकरण गर्न नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदीरनाडाको सहयोग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गरिने भएको छ । १८ वर्ष पूरा नभएका व्यक्तिलाई चालकका रूपमा काममा लगाउन पाइने छैन ।

चाडपर्वका बेला यात्रुवाहक सवारी यातायातको चाप अत्यधिक बढ्न गई सडक दुर्घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावकारी अनुगमन र निगरानीको व्यवस्था मिलाउने निर्णय गरेको छ । असोज ६ देखि २० गतेसम्म अत्यावश्यक वस्तु बोक्नेबाहेक ठुला सवारीसाधन नारायणगढदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको छ । त्यस्तै घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुलालगायतका निर्णय गरिएको छ । 

दसैँलक्षित भाडादर पारदर्शी बनाउन, अनलाइन टिकटलाई प्राथमिकता दिन, सवारीसाधनको मर्मत गरेर मात्रै चलाउन, सिटको क्षमताभन्दा बढी यात्रु नबोक्न पनि विभागले आग्रह गरेको छ ।

तर बर्सातमा सडक भत्किएको र सडक जामले गर्दा काठमाडौँ आउने बस समयमा आइनपुग्ने हुँदा यात्रुलाई सास्ती हुन सक्ने भएकाले पनि बुकिङको घोषणा नगरिएको महासङ्घले जनाएको छ । 

अध्यक्ष स्वाँरले भने, “सबै हिसाबले हेर्दा विगतमा जस्तो दसैँको चहलपहल यस पटक होला जस्तो देखिँदैन । विद्यार्थी जिल्ला फर्किसकेका छन् । घटस्थापनाबाट बिदा भएपछि बाँकी विद्यार्थी जान्छन् । अहिले पनि तीनरचार दिनअगाडि टिकट काट्न मिल्छ । सवारीको अभाव हुन दिन्नौँ ।” 

विगतमा घटस्थापनादेखि मात्रै उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने गरेकामा अहिले घटस्थापनाअघिदेखि नै यात्रु बाहिरिएका छन् । पछिल्लो तीन दिनमा करिब चार लाख यात्रु बाहिरिएको महासङ्घले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending