Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

चुनावी तयारी लाग्न कार्यकर्तलाई प्रचण्डकाे निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनको तयारीमा जुट्न आफ्ना तल्लो तहका संरचना र सम्पूर्ण संगठनलाई स्पष्ट निर्देशन दिएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिसमा फागुन २१ मा निर्वाचनको घोषणा भएसँगै माओवादीले चुनावी तयारीलाई औपचारिक र तीव्र गतिमा अघि बढाउने निर्णय लिएको हो । माओवादी केन्द्र पार्टीले औपचारिक निर्णय अझै नलिए पनि अध्यक्ष दाहालले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्षहरू र जिल्ला तहका नेताहरूसम्मलाई चुनावको सम्पूर्ण पूर्वतयारीमा सक्रिय हुन आग्रह गरेका छन् । ‘चुनाव घोषणा भइसकेको अवस्थामा चुनावमा जानुको विकल्प छैन,’ प्रचण्डले भने, ‘अब हामी चुनावमा केन्द्रित भई संगठनलाई सुदृढ र परिचालित गर्नुहोला ।’

उनकाे भनाइमा जेन-जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई आत्मसात् गर्दै, बदलिँदो राष्ट्रिय तथा स्थानीय परिस्थितिलाई मनन गर्दै संगठनको विस्तार, जनसंपर्क र सशक्तीकरणमार्फत आगामी निर्वाचनको तयारी गर्न अत्यावश्यक छ । नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धन सरकारले निम्त्याएको राजनीतिक संकटको पार लगाउन र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न चुनाव नै प्रमुख विकल्प रहेको माओवादीको ठहर छ । यही कारण उसले चुनावलाई सफल बनाउन आवश्यक गृहकार्य, नीति निर्माण, उम्मेदवार छनोट र जनस्तरको अभियानलाई प्रारम्भिक चरणमै अघि सारेको बताइएको छ ।

अब बस्ने पार्टी केन्द्रीय पदाधिकारी बैठकले चुनावमा जानेबारे औपचारिक निर्णय गर्ने तयारीमा छ । ‘चुनाव घोषणा भइसकेको अवस्थामा तयारी थाल्ने कुरा भएको छ,’ सचिव देवेन्द्र पौडेलले स्पष्ट परे । 

आठ दलसँग विघटित संसद् पुनःस्थापना हुनुपर्ने माग गरे पनि माओवादीले अब चुनावमा जानुको विकल्प नरहेको अनौपचारिक निष्कर्ष निकालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतले चुनावमा जाने अनुकूल वातावरण बनाउन अन्तरिम सरकारलाई आग्रह गर्दै व्यापक राष्ट्रिय सहमतिको आवश्यकता दोहोर्‍याएका छन् । 

यसैबीच, माओवादीले मध्यपहाडी राजमार्ग अभियान चलाइरहेका बेला जेन-जी विद्रोहपछि स्थगित गरिएको कार्यतालिका पुनः सक्रिय पार्दै स्थानीय तहसम्मको राजनीतिक गतिविधि तीव्र बनाएको छ । अध्यक्ष प्रचण्डसहित अन्य नेताहरू दैनिक भेटघाट, छलफल, जनसभासहितको राजनीतिक गतिविधिमा सक्रिय भइसकेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: