Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

हिंसात्मक प्रदर्शनमा संलग्न कार्यकर्तालाई पार्टी छाड्न रास्वपाको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न कार्यकर्तालाई पार्टीसँगको आवद्धता तत्काल छोड्न आग्रह गरेको छ।

रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले बुधबार राति सामाजिक सञ्जालमार्फत अराजकतालाई प्रश्रय दिने कुनै पनि गतिविधि पार्टीले स्वीकार नगर्ने स्पष्ट पारे। उनले भने, “सभापति रवि लामिछानेलाई समेत नैतिक संकट पार्ने गरी अप्ठ्यारो परिस्थितिको आडमा भएका उग्र प्रदर्शन वा गतिविधिमा संलग्नता देखिए बिना शर्त अनुसन्धानको दायरामा ल्याइनुपर्छ।”

आचार्यले रास्वपा शान्ति र अहिंसालाई मूल मर्म मानेको दल भएकाले कुनै पनि स्तरका नेताबाट उग्र प्रदर्शन भएको खण्डमा त्यसलाई पार्टीले समर्थन गर्न नसक्ने बताए। उनले नख्खु कारागारमा रहेका सभापति लामिछाने वस्तुस्थितिको प्रत्यक्ष मूल्याङ्कन गर्न असमर्थ रहेको अवस्थामा, पार्टी नेताहरूले गरेको गतिविधि छानबिन हुनु अपरिहार्य भएको उल्लेख गरे।

उनले थपे, “कारागार परिसरमा भएको आगजनी वा तोडफोडमा रास्वपाका जुनसुकै तहका नेताहरू संलग्न रहेको पाइएमा सरकारले कानुनअनुसार कारबाही गर्दा पार्टीको सहयोग रहनेछ।”

रास्वपाले अहिंसा र आधारभूत लोकतान्त्रिक मूल्यप्रति आफ्नो अटुट प्रतिबद्धता दोहोर्‍याउँदै मतपत्रमार्फत शक्ति आर्जन गर्ने राजनीतिक संस्कृतिमा विश्वास गर्ने जनाएको छ। आचार्यले पुराना राजनीतिक दलहरूले राज्य संयन्त्रलाई प्रतिशोधका लागि दुरुपयोग गरेको आरोप लगाउँदै अहिलेको प्रकरणमा त्यसरी नदोहोऱ्याउन चेतावनी पनि दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

हारबाट विचलित नहुन आग्रह, रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्...

केपी ओलीसँग शिक्षण अस्पतालमै बयान सुरु

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बयान लिन सुरु गरिएको छ। भदौ २३ र २...

संसदको पहिलो बैठकमा आरोप–प्रत्यारोप र रोचक दृश्य

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भव...

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending