Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

संविधान दिवस २०८२ का अवसरमा नेपाल टेलिकमको विशेष अफर

खबरडबली संवाददाता

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ‘संविधान दिवस अफर २०८२’ ल्याउने भएको छ। नेपाल संविधान २०७२ जारी भएको एक दशक पूरा भएको उपलक्ष्यमा असोज २ गतेदेखि ४ गतेसम्म यो अफर उपलब्ध हुने टेलिकमले जनाएको छ।

यसअन्तर्गत, रु. ४९ मा १ दिनका लागि १ Mbps अनलिमिटेड डाटा र नेपाल टेलिकम नेटवर्कभित्र १०० मिनेट भ्वाइस सेवा उपलब्ध हुनेछ।

त्यस्तै, डाटा प्याकेजतर्फ :

रु. १११ मा ५ दिनका लागि ६ जीबी, रु. १९९ मा ७ दिनका लागि १३ जीबी, रु. २९९ मा १२ दिनका लागि २० जीबी, रु. ३९९ मा १५ दिनका लागि ३० जीबी प्याकेज उपलब्ध हुने बताइएको छ।

यस्तै, रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ, जसमा प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनसम्मको समयावधिमा ३० जीबी डाटा, सबै नेटवर्कमा ६०० मिनेट अल नेट भ्वाइस र २०० अल नेट एसएमएस सुविधा समावेश हुनेछ।

पोस्टपेड प्रयोगकर्ताले यो प्याक लिँदा मासिक रेन्टल चार्जमै उक्त शुल्क समायोजन हुने सुविधा पाउनेछन्।

ग्राहकहरूले यी प्याकेज असोज २ देखि ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरी खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार, संविधान दिवसलाई विशेष र ग्राहकमैत्री बनाउन अफर ल्याइएको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

हारबाट विचलित नहुन आग्रह, रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्...

केपी ओलीसँग शिक्षण अस्पतालमै बयान सुरु

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बयान लिन सुरु गरिएको छ। भदौ २३ र २...

संसदको पहिलो बैठकमा आरोप–प्रत्यारोप र रोचक दृश्य

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भव...

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending