Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

संविधान दिवस २०८२ का अवसरमा नेपाल टेलिकमको विशेष अफर

खबरडबली संवाददाता

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ‘संविधान दिवस अफर २०८२’ ल्याउने भएको छ। नेपाल संविधान २०७२ जारी भएको एक दशक पूरा भएको उपलक्ष्यमा असोज २ गतेदेखि ४ गतेसम्म यो अफर उपलब्ध हुने टेलिकमले जनाएको छ।

यसअन्तर्गत, रु. ४९ मा १ दिनका लागि १ Mbps अनलिमिटेड डाटा र नेपाल टेलिकम नेटवर्कभित्र १०० मिनेट भ्वाइस सेवा उपलब्ध हुनेछ।

त्यस्तै, डाटा प्याकेजतर्फ :

रु. १११ मा ५ दिनका लागि ६ जीबी, रु. १९९ मा ७ दिनका लागि १३ जीबी, रु. २९९ मा १२ दिनका लागि २० जीबी, रु. ३९९ मा १५ दिनका लागि ३० जीबी प्याकेज उपलब्ध हुने बताइएको छ।

यस्तै, रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ, जसमा प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनसम्मको समयावधिमा ३० जीबी डाटा, सबै नेटवर्कमा ६०० मिनेट अल नेट भ्वाइस र २०० अल नेट एसएमएस सुविधा समावेश हुनेछ।

पोस्टपेड प्रयोगकर्ताले यो प्याक लिँदा मासिक रेन्टल चार्जमै उक्त शुल्क समायोजन हुने सुविधा पाउनेछन्।

ग्राहकहरूले यी प्याकेज असोज २ देखि ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरी खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार, संविधान दिवसलाई विशेष र ग्राहकमैत्री बनाउन अफर ल्याइएको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टुँडिखेलमा माघीको स्वाद : भक्का र घोँगीको खोजीमा राजधानी

काठमाडौं ।  “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...

कांग्रेस अब फुट होइन, कब्जाको लडाइँमा

निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा

नेतृत्वदेखि निष्कासनसम्मको यात्रा : रञ्जिताले किन रोजिन् पार्टी समायोजन ?

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

 काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending