Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्न माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र

राष्ट्रपतिलाई नागरिक समाजका अगुवाले भन्यो : सरकार दलहरूसँग प्रतिशोध साँध्नेतर्फ नलागोस्

खबरडबली संवाददाता

काठमाडौं। भ्रष्टाचार विरुद्ध, सुशासन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जारी आन्दोलनलाई सम्बोधन गर्नुपर्ने माग राख्दै १५ जना नागरिक समाजका प्रतिनिधिहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा हालको अस्थायी सरकारलाई आन्दोलनका मुद्दा सम्बोधन गर्ने दिशामा अघि बढ्न सुझाव दिइएको छ। 'भ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता, पारदर्शी शासन व्यवस्था र समयमै निर्वाचन सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता हो,' ज्ञापनपत्रमा भनिएको छ।

नागरिक समाजले आन्दोलनमार्फत उठाइएका माग सम्बोधन गर्न नसकिएको, तर त्यसले ल्याएको चेतना र जनदबाबलाई संवैधानिक प्रक्रिया भित्रै आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्। यस क्रममा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारलाई सुदृढ पार्ने गरी काम गर्नुपर्ने सुझावसमेत दिइएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “युवापुस्ताले परिवर्तनको लागि देखाएको साहसलाई राजनीतिक दलहरूले आत्मसात् गर्न जरुरी छ। आगामी निर्वाचन समयमै सम्पन्न गरेर जनता माझैँ लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन सरकार प्रतिबद्ध हुनुपर्छ।”

ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरूमध्ये प्राध्यापक, लेखक, वकिल, पत्रकार र विभिन्न सामाजिक अभियन्ता रहेका छन्। उहाँहरूले अस्थायी सरकारलाई भ्रष्टाचार नियन्त्रण, शान्तिपूर्ण वातावरण सिर्जना, संवैधानिक मूल्यको संरक्षण र लोकतन्त्रलाई सुदृढ बनाउन आग्रह गर्नु भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्...

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको मृत्यु

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार हुँदा एक युवकको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा भएको घटनामा विपिन घिमिरेमाथि दिउँ...

सरकारले गर्‍यो सबै राष्ट्रिय स्तरका निजामती र स्वास्थ्य सेवा ट्रेड युनियन खारेज

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी तथा स...

११ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्मा विमति जनाउछौं: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति संसद् बैठकमा असहमति जनाउने निर्णय गरेको छ। बुधबार सिंहदरबा...

दीपेन्द्रको अलराउन्डर वरीयतामा सुधार, बलिङमा सन्दीपको छलाङ

काठमाडौँ। नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)...

सगरमाथा आरोहणबाट मात्रै १ अर्बभन्दा बढी रोयल्टी संकलन, यो सिजनमा १.१७ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग का अनुसार मंगलबारस...

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ)सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख...

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारमा डा.अग्रवाल नियुक्त

काठमाडौं। सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त ...

कांग्रेस सांसदलाई सभापति थापाले दिए प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। बुधबार सिंहदरबारस्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending