Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

दाङ–डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत घुससहित रंगेहात पक्राउ

खबरडबली संवाददाता

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई घुससहित पक्राउ गरेको छ।

आयोगका अनुसार, गाउँपालिकाका सातौं तहका लेखा अधिकृत कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस मागेका थिए।

घुस माग गरेको उजुरी प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई बिहीबार रंगेहात पक्राउ गरेको हो।

प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, कार्कीले यसअघि नै १ लाख रुपैयाँ घुसरूप रकम लिइसकेका अवस्थामा जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ९, मंगलगडी चोकबाट नियन्त्रणमा लिइएको थियो। थप अनुसन्धान जारी रहेको छ।

अख्तियारले यस घटनालाई भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवामा पारदर्शिता सुनिश्चित गर्ने दृष्टिले महत्वपूर्ण कदम भएको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...

सुनकाे मूल्य २ लाख ८० हजार नजिक, चादीले पनि बनायाे नयाँ रेकर्ड

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...

पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु

 काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ ।  ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...

पाखनबेद: पत्थरी फोर्ने जडिबुटी, पहाडको मौन वैद्य

नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ ।  छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे ।  पाल्पाको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending