Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

अलपत्र आयोजना तोड्दै संसद भवन पुसभित्रै सम्पन्न गर्ने घिसिङको निर्णय

खबरडबली संवाददाता

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि अलपत्र रहिरहेका जीर्ण विकास आयोजनाहरू अब नयाँ जीवन पाउने भएका छन्। मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई तत्काल अलपत्र आयोजनाको सूची तयार गर्न निर्देशन दिएका छन्।

मन्त्री घिसिङले भने, “चालू रहेका ठूला पूर्वाधार आयोजनाहरू तोकिएको समय र गुणस्तरमा सम्पन्न हुन नसक्दा मुलुक ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने नागरिक लाभबाट वञ्चित भइरहेका छन् । अब कसैको अनुहार हेरेर हुँदैन, आयोजनाको मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुपर्छ।”

उनले स्पष्ट पारे, काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर काम रोक्न नहुने, जीर्ण आयोजना तोडेर नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने छ। सिंचाइ अन्तर्गतको राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय आयोजना, भौतिक पूर्वाधार अन्तर्गत तीन वर्षभन्दा बढी समयदेखि अलपत्र रहेका सडक र एक सयभन्दा बढी पुल निर्माण आयोजना विशेष ध्यानमा राखिएका छन्।

यसैबीच, मन्त्री घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनलाई पुसभित्रै सम्पन्न गर्ने दृढता व्यक्त गरेका छन्। शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेर बाँकी काम पुसअघि नै सक्न निर्देशन दिइसकेको छ।

संसद भवनको ठेक्का २०७६ असोजमा तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित दिइएको थियो। तर अबसम्म पाँचौँपटक म्याद थप भएको छ र भवनको भौतिक प्रगति ८६ प्रतिशत मात्र भएको छ। बाँकी काममा फल्स सिलिङ, ट्रस निर्माण, इलेक्ट्रिकल प्रणाली, स्यानेटरी, एचभीएसी परीक्षण र सञ्चालनलगायतका कार्यहरू रहेका छन्।

मन्त्री घिसिङले आफ्ना कार्यलयमा हुने अनियमितता रोक्न पनि कडा निर्देशन दिएका छन्। उनले भने, “विगतमा कसैले बजेट दुरुपयोग गरेको आरोप सुन्नुपरेको छ। अब अनियमितता फेला परे तुरुन्त कारबाही हुनेछ। जेनजी आन्दोलनको मुख्य एजेण्डा भ्रष्टाचार नियन्त्रण थियो, त्यसलाई सफल बनाउन कुनै सम्झौता हुनेछैन।”

उनका यी कदमसँगै अलपत्र रहेका विकास आयोजना पुनः सक्रिय बन्ने र संसद भवन निर्माण समयमै सम्पन्न हुने विश्वास गरिएको छ।  उनकाे याे निर्णयले मुलुकको आर्थिक र भौतिक पूर्वाधारको गति सुधार्ने यो निर्णयले आगामी दिनमा ठूला निर्माण परियोजनाहरूमा अनुशासन र पारदर्शिता कायम गर्न महत्वपूर्ण संकेत दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...

सुनकाे मूल्य २ लाख ८० हजार नजिक, चादीले पनि बनायाे नयाँ रेकर्ड

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...

पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु

 काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ ।  ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...

पाखनबेद: पत्थरी फोर्ने जडिबुटी, पहाडको मौन वैद्य

नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ ।  छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे ।  पाल्पाको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending