सेप्टेम्बरको सुरुवातमैे राजधानीको सडकमा असाधारण दृश्य देखियो । सामाजिक सञ्जाल बन्द भएको विरोधमा सुरुआत गरिएको सानो जमघट केही दिनमै मुलुककै राजनीतिक शक्तिलाई चुनौती दिने आँधीझैं फैलियो।
यो आँधीलाई इतिहासले “जेन–जी आन्दोलन” भनेर नाम दियो । युवाहरूको विद्रोह, जसले भ्रष्टाचार, अस्थिरता र पुरानो राजनीति विरुद्ध साहसिक आवाज उठायो। तर, आज त्यो विद्रोहलाई फर्केर हेर्दा प्रश्न उब्जिन्छ सपना किन अधुरो रह्यो ?
भ्रष्टाचार र असक्षम सरकारप्रति आक्रोशले युवाहरू सडकमा उत्रिए । “प्रत्यक्ष कार्यकारी” प्रणालीको माग, सुशासनको चाहना र पारदर्शी शासनको प्रतिज्ञा यी सब उनीहरूको स्वरमा मिसिएका थिए।
कांग्रेस–एमाले नेताहरूले यसलाई “केटाकेटीको लहड” भनेर बेवास्ता गरे पनि आन्दोलन बढ्दै गयो । संसद् भवन अगाडि १९ जना विद्यार्थी र युवाले गोली खाएपछि त आन्दोलनको ताप पुरै मुलुकमा फैलियो। रगतले भिजेको सडकले पुरानो राजनीतिक संरचनामा कम्पन ल्याइदियो।
आएकाे अवसर हातबाट चिप्लियो
आन्दोलनले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी प्रणाली ल्याउने सम्भावना जगायो। आशा पलायो कि– अब चुनाव नयाँ ढंगले हुनेछ, मुलुक स्थायी सरकार र सुशासनतर्फ अघि बढ्नेछ। तर, घटनाक्रम अचानक मोडियो।
राष्ट्रपतिबाट असंवैधानिक शैलीमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन् । युवाले “आफ्नो पक्षको मान्छे” प्रधानमन्त्री पाएर खुसी भए पनि, यस प्रक्रियाले आन्दोलनलाई संवैधानिक विवादमा फसाइदियो। कहिले काँही विजयजस्तो देखिने क्षण वास्तवमा पराजयको सुरुवात भयाे ।
आन्दोलनको गल्ती
जेन–जीको साहस र आक्रोश प्रभावशाली थियो । तर उनीहरूले एउटा आधारभूत गल्ती गरे आन्दोलनलाई संरचनागत रूपमा संस्थागत गर्न सकेनन्। न नेतृत्व स्पष्ट थियो, न संगठन ।
मुद्दा त शक्तिशाली थियो, तर त्यसलाई संविधान र संस्थामा लेखाउने प्रक्रियामा ठोस योजना थिएन। उत्साह मात्रैले इतिहास बदल्दैन, त्यसलाई दिशामा लैजाने संयम र रणनीति पनि चाहिन्छ।
मनोवैज्ञानिक जितमा प्रणालीगत हार
विद्रोहको असर नराम्ररी भ्रष्टाचारीहरूको मनमा पुगेको थियो। धेरैलाई अब यस्ता काम गर्न मिल्दैन भन्ने डर बस्यो। तर, प्रणाली भने फेरिएन।
राजनीतिक दलहरू फेरि पुरानै संसदीय गोलचक्करमा फर्किए। अनि, जेन–जी आन्दोलनले दिएको बलिदान—गोली खाएको रगत, जलेको पसल, लुटिएका पसिना—सबै केवल इतिहासका पानामा मात्र सीमित हुने खतरा बढ्दै गएकाे छ ।
के हाेला अबको बाटो ?
जेन–जी आन्दोलनले एउटा कुरा प्रष्ट गरिदियो—नेपालको युवा पुस्ता केवल “फेसबुक स्टाटस”मा मात्र छैन, सडकमा जान र आफ्नो जीवनसमेत दिने हिम्मत उनीहरूसँग छ।
तर, यो पुस्ताले अब बुझ्नुपर्ने कुरा के हो भने स्थायी परिवर्तनका लागि भावनात्मक उभार मात्रै पर्याप्त हुँदैन।
आन्दोलनलाई संस्थागत गर्दै संविधान र संरचनामा लेख्ने कला सिक्नुपर्छ। यदि त्यो सिकाइ भयो भने मात्र, सेप्टेम्बरको रगतले साँचो अर्थमा भविष्यको बाटो कोर्नेछ। नत्र, यो आन्दोलन पनि ०६२/६३ पछि भएका अरू विद्रोहझैं, अधूरा सपनाको सूचिमा सीमित हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: